। नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् ।
छठ मनाउनका लागि सर्लाही पुगेका थापाले पुसको उक्त जानकारी गराएका हुन् । ‘टुंगो गर्न बाँकी छ । अहिलेसम्म मोटामोटी पुसको पहिलो साता जिल्ला अधिवेशन गर्छौ,’ सभापति थापाले भने,‘त्यसपछि थोरै अवधि ३/४ दिन राखेर प्रदेश अधिवेशन गर्छौ ।’
कांग्रेसले जिल्ला र प्रदेशको अधिवेशन बाँकी राखेर केन्द्रीय अधिवेशन असोजमा गरेको थियो । जिल्ला र प्रदेश अधिवेशन सके लगत्तै स्थानीय तहको चुनावमा केन्द्रित हुने थापाले जानकारी गराए ।
मंसिरको ४ गते स्थानीय तहको निर्वाचनको मिति बारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले बोलाएको जानकारी पनि थापाले कार्यकर्तालाई गराए ।
छठका पर्व मनाउन गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ मा पुगेका थापा सोमबार काठमाडौं फर्कने छन् ।