तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी

। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। उनले नेपाली काङ्ग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताए।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महामन्त्री पौडेलले लोकतन्त्रको वकालत गर्ने कांग्रेस पार्टीको आवाज दबाउने प्रयास भइरहेको बताएका हुन्।

निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए।

कांग्रेसलाई कमजोर बनाएर देशमा लोकतन्त्र नै कमजोर बनाउने खेल भइरहेको भन्दै उनले मुद्दा हाल्दैमा दुई जना सभापति नहुने स्पष्ट पारे। सरकारविरुद्ध अदालतमा मुद्दा पर्दैमा अर्को सरकार नबन्ने उदाहरण दिँदै उनले राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने धारणा राखे।


वर्तमान सरकारले नागरिकको जनस्तरसम्म पुगेर काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री पौडेलले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको बताए। सरकार नागरिकको विश्वास गुमाउँदै गएको उनको भनाइ थियो।

कांग्रेसले निर्वाचन हारे पनि विचारको जित भएको उल्लेख गर्दै पौडेलले नेपाली काङ्ग्रेस राजनीतिको विश्व विद्यालय भएको बताए। उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै ‘हामी तयार छौं’ भन्ने अभियान सञ्चालन गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहका १५ औँ नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव भएको बताएका छन् । शनिबार देउवा पक्षको दोलखा जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले कांग्रेसको एकताबाट मात्रै देशको समुन्नति, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा सम्भव हुने बताएका हुन् । आफ्नो प्रमुख ध्येय कांग्रेसलाई एकताबद्ध बनाउनु नै ...
। चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका–३ का १९ वर्षीय लाक्पा शेर्पा र सोही गाउँपालिका–३ का समीर तामाङ रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो । बा ८४ प ५४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा शंका लागेर थप ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनको तयारीलाई गम्भीर भएर लाग्ने बताए । उनले स्थानीय तह र प्रदेशसभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको उल्लेख गरे । स्थानीय तह निर्वाचन केवल ...
। प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई सरकारले सल्लाहकारको पत्र थमाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार बनाइएको पत्र कार्कीले बुझेका थिएनन् । त्यसपछि सरकारले उनलाई पत्र थमाएको खुलेको हो । उच्च स्रोतका अनुसार १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले आईजीपी कार्कीको घरमै पुगेर पत्र थमाएका हुन् । ‘उहाँले ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका छन् । देउवा समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि ज्याज दिन तयार रहेको बताएका हुन् । ‘५ पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन,’ पूर्वसभापति देउवाले भने, ‘जुन पार्टीले मलाई ५ पटक प्राइममिनिस्टर ...