अर्ली इलेक्सनको निर्णय बदर गरी नियमित निर्वाचन गर्ने एन्फाको निर्णय
अर्ली इलेक्सनको निर्णय बदर गरी नियमित निर्वाचन गर्ने एन्फाको निर्णय

। अखिल नेपाल फुटबल संघ (एन्फा)ले संघको विधानमा व्यवस्था भएबमोजिम नियमित अधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बसेको बहुमत सदस्यहरूको बैठकले अर्ली इलेक्सन गर्ने १६ पुसको निर्णय बदर गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले संघको विधानमा व्यवस्था भएबमोजिम नियमित निर्वाचनको प्रकृया अगाडि बढाउने निर्णय गरेको एन्फाका निमित्त महासचिव दामोदर भट्टराईले जानकारी दिए ।

निर्वाचन प्रक्रियामार्फत चयन हुने नयाँ नेतृत्वका लागि आवश्यक स्वीकृति, एन्फा निलम्बन फुकुवा, एन्फाको स्वच्छता र संस्थाको स्वाधीन निर्णय कार्यान्वयनका लागि बैठकले सबैसँग अनुरोध गरेका छ ।


एन्फाले आगामी माघमा एन्फा यु–१५ फेस्टिभल आयोजना गर्ने भएको छ । जसका लागि उपाध्यक्ष विराटजंग शाही संयोजक तोकिएको छ । लिखित रुपमा माग गरिएको जानकारी एन्फा अध्यक्ष र महासचिवले कार्यसमितिलाई कुनै जवाफ नपाठएको हुँदा पुनः ३ दिन भित्र सत्यतथ्य विवरण पेश गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले निमित्त महासचिव नियुक्त दामोदर भट्टराईलाई एन्फा कार्यालय सञ्चालन, पत्राचार तथा नियमित प्रशासनिक गतिविधिहरु सञ्चालन गर्नका लागि आवश्यक कार्य गर्ने समेतको अधिकार प्रदान गरेको छ ।

हाल स्थगित अवस्थामा रहेको एन्फा शनिबारे प्रशिक्षण कार्यक्रमलाई सुचारु गर्ने निर्णय बैठकले गरेको छ । एन्फाद्वारा सञ्चालित एकेडेमीहरूको अवस्था तथा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमका लागि सचिवालयमार्फत प्रतिवेदन पेश गर्न निर्देशन दिने, संघको नियमित कार्य सञ्चालनका लागि आवश्यक सामग्री फिर्ताका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने र दशौ राष्ट्रिय खेल महोत्सवमा फुटबलतर्फको प्राविधिक विषयहरुमा समन्वय गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले फिफा यु–१५ फेस्टिभलमा सहभागी खेलाडीहरू र प्रशिक्षकलाई जनही ५०/५० हजार र अफिसियललाई जनही ३०/३० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हुसेन तलतको अलराउन्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो । सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेल हारेको थियो । उता चितवनले भने यस खेलअघि नै प्लेअफमा ...
। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार छनोट हुन बाँकी खेलका प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने छन्। यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका ...
। श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्। दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्कणको लिग चरणको २४ औं खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफ प्रवेश गरेको हो। लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफ पुग्ने दोस्रो टोली बन्यो। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। ...
। साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो । कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल अगावै ६ विकेट गुमाएर पूरा गरेको हो । ६ ...