मुख्य समाचार
१८ मुस्लिम बहुल राष्ट्रले गाजास्थित नासिर मेडिकल कम्प्लेक्समा इजरायलले गरेको हवाई आक्रमणको निन्दा
१८ मुस्लिम बहुल राष्ट्रले गाजास्थित नासिर मेडिकल कम्प्लेक्समा इजरायलले गरेको हवाई आक्रमणको निन्दा

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, इजिप्ट, टर्की र पाकिस्तानसहित १८ मुस्लिम बहुल राष्ट्रले गाजास्थित नासिर मेडिकल कम्प्लेक्समा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गरेका छन् ।

खान युनिसस्थित नासिर अस्पतालमा भएको उक्त आक्रमणमा एक शल्यचिकित्सक र एक बालकसहित कम्तीमा ६ प्यालेस्टिनीको मृत्यु भएको थियो । मुस्लिम राष्ट्रका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै आक्रमणले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको र बिरामी तथा स्वास्थ्यकर्मीको जीवन जोखिममा पारेको बताएका छन् ।
उनीहरूले विस्थापित प्यालेस्टिनीमाथि इजरायलले निरन्तर गरिरहेको आक्रमणको पनि निन्दा गरेका छन् । यस्ता आक्रमणले गाजामा जारी युद्धविरामलाई कमजोर बनाइरहेको उनीहरूको भनाइ छ ।

इजरायलले गाजामा मानवीय सहायता सामग्री, औषधि तथा जाडोबाट बच्न आवश्यक अस्थायी आवासका सामग्री प्रवेशमा रोक लगाइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।


जाडो मौसम नजिकिँदै गर्दा पर्याप्त आश्रयस्थलको अभाव तथा खानेपानी, सरसफाइ र स्वास्थ्य सेवाको अवस्था बिग्रिँदै जाँदा बालबालिका र शिशुहरू थप जोखिममा पर्ने उनीहरूले चेतावनी दिएका छन् ।

विदेशमन्त्रीहरूले इजरायललाई युद्धविरामको पालना गर्न, मानवीय सहायता सामग्रीको निर्बाध आपूर्ति सुनिश्चित गर्न र युद्धविराम सम्झौताअन्तर्गत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

त्यस्तै, उनीहरूले गाजामा प्रवेश गर्ने मानवीय सहायता सामग्रीमाथिको प्रतिबन्ध हटाउन इजरायललाई दबाब दिन अमेरिकी सरकार र बोर्ड अफ पिसलाई पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारसिप १५ ले आजसम्म कुनै रकेटले गर्न नसकेको काम गरेको छ। १४ नोभेम्बरमा स्टारबेसबाट उडेको उक्त रकेटदे अन्तरिक्षको कक्षमा पुगेर २६ वटा स्टारलिङ्क भी३ भूउपग्रहहरूलाई तैनाथ गरेको छ। यसले पृथ्वीको १४ फन्को लगायो र करिब २२ घण्टासम्म पृथ्वीको कक्षमा रह्यो। १५ नोभेम्बरमा फर्किएर यो रकेट त्यही टावरमा ओर्लियो, ...
। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९:१५ बजे अवतरण गर्दै गरेको र उडान भर्ने तयारीमा रहेको विमान विमानस्थलका दुई ट्याक्सीवे जोडिने स्थानमा ठोक्किएका थिए। घटनामा घाइते भएका दुई जनालाई घटनास्थलमै उपचार गरिएको र अस्पताल भर्ना गर्नुपर्ने ...
इजरायलका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई वार्ताका नाममा राजनीतिक नाटक गरेको आरोप लगाएका छन् । एक्समा पोस्ट गर्दै आइजेनकोटले नेतन्याहूले वार्ताका लागि भेट्न गरेको आह्वान अर्को राजनीतिक चालबाजी भएको बताएका छन् । उनका अनुसार येश अतिद र लिकुड पार्टीका वार्ता टोलीबीचको बैठक अर्को दिनका लागि यसअघि नै तय भइसकेको थियो । नेतन्याहूले राष्ट्रिय एकताको कुरा गरिरहेको भए ...
। अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ। सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। यस अवधिमा ८ हजारभन्दा बढी उडान रद्द भए भने करिब १५ लाख यात्रु प्रभावित भएका छन्। शुक्रबार राति उडानमाथिको रोक हटाइएको भए पनि शनिबारसमेत ...
— अमेरिकाको हवाई यातायात प्रणाली सामान्य अवस्थामा फर्कनका लागि कम्तीमा आइतबार रातिसम्म प्रतिक्षा गर्नुपर्ने सङ्घीय उड्डयन प्रशासन (एफएए) का प्रमुख ब्रायन बेडफोर्डले बताएका छन् । नियमित मर्मतसम्भारका क्रममा भएको प्राविधिक त्रुटिका कारण शुक्रबार देशभरका उडानहरू ठप्प भएका हुन् । हवाई उडानसम्बन्धी तथ्याङ्क राख्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार रातिसम्म अमेरिकामा ६ हजार ४ सयभन्दा बढी ...