मुख्य समाचार
‘छठ’ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन
‘छठ’ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन

: प्रकृतिप्रति श्रद्धा, शुद्धता र सामाजिक सद्भावको अनुपम पर्व मानिने ‘छठ’ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ। चार दिनसम्म कठोर व्रत र निष्ठाका साथ मनाइने यस पर्वको मुख्य आकर्षणका रूपमा हिजो साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई विशेष पूजासहित अर्घ्य अर्पण गरिएको हो।

चतुर्थी तिथिमा ‘नहाय–खाय’ विधिबाट सुरु भएको यस व्रतमा बर्तालुहरूले माछा, मासु, लसुन, प्याज तथा तामसिक भोजन पूर्ण रूपमा त्यागी अत्यन्तै चोखोपन अपनाएका थिए। काठमाडौँ उपत्यकाका गौरीघाट र गुह्येश्वरीसहित विभिन्न जलाशय तथा नदी किनारहरूमा हजारौँ सङ्ख्यामा भक्तजनहरू भेला भई भक्तिभावपूर्वक सूर्यदेवको उपासना गरेका थिए।

धार्मिक मान्यता अनुसार जल र सूर्य नै सम्पूर्ण जीवको प्राणस्रोत भएकाले यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ। मनले चिताएको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ सूर्यको दर्शन गरी विधिपूर्वक छठ पर्वको समापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत मन्त्रीस्तरीय समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई समावेश गर्न लागेको बताएका हुन् । उनले ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । आइतबार बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका २५ जनाकै अवस्था सामान्य तथा मध्यम रहेको प्रहरीले जनाएकाे छ। ...
। आगामी २–३ मंसिरमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीलाई नेकपा एमालेले तीव्र बनाएको छ । केन्द्रीय कार्यालय च्यासलमा दिनहुँ भेला तयारी बैठक चलिरहेको छ । वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेलाको तयारीकै सन्दर्भमा आइतबार च्यासल पुगेकी थिइन् । उनले भेलाको संयोजन गरिरहेका नेता भानुभक्त ढकाल र केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी लगायत नेताहरूसँग तयारीबारे जानकारी ...
: नोभेम्बर ९ देखि टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालबाट ५ जना मन्त्री सहभागी छन्। परराष्ट्रमन्त्री शिशिर खनाल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोपमा सहभागिता जनाउने निर्णय सरकारले सार्वजनिक गरेको थियो। तर, अर्थमन्त्री स्वर्णिम वाग्ले, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता पनि कोपमा सहभागी भएका छन् । ...
। मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रारा ताल जाने पर्यटक बोकेर जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोरपियो आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वोइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा ...