मुख्य समाचार
अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित
अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित

: अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित भएका छन् । आइतबार मात्रै अमेरिकाभर ५ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजारभन्दा बढी उडान रद्द भएका छन् ।

अमेरिकी यातायातमन्त्री सीन डफीले उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सोमबारसम्म लाग्न सक्ने बिबिसिले जनाएको छ । विमान र चालक दल निर्धारित स्थानमा नरहेकाले उडान तालिका नियमित बनाउन केही समय लाग्ने उनको भनाइ छ ।

शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले देशभरका विमानस्थलबाट हुने उडानमा अस्थायी रोक लगाएपछि हवाई यातायात अस्तव्यस्त बनेको थियो । त्यसबेला आकाशमा रहेका ३ हजार ५०० भन्दा बढी विमान प्रभावित भएका थिए । केही विमानलाई अन्य विमानस्थलमा अवतरण गराइएको थियो भने केही गन्तव्यतर्फ नै अघि बढेका थिए ।
उडान रोकपछि यात्रुहरू विमानभित्रै र विमानस्थलमा अलपत्र परेका थिए । फ्लाइटअवेयरका अनुसार शुक्रबार मात्रै ८ हजार ५०० उडान ढिलाइ भएका थिए भने ८ हजार उडान रद्द भएका थिए । शनिबार पनि ५ हजार ९०० भन्दा बढी उडान रद्द र ७ हजारभन्दा बढी ढिलाइ भएका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार हवाई ट्राफिक नियन्त्रक र पाइलटबीच सञ्चारका लागि प्रयोग हुने प्रणालीमा समस्या आएको थियो । यातायातमन्त्री डफीका अनुसार आर्कान्सासको एल डोराडोमा जडान गरिएको नेटवर्क राउटरले गलत संकेत पठाउँदा सञ्चार प्रणाली प्रभावित भएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणाली आधुनिकीकरण गर्न आवश्यक बजेट उपलब्ध गराउन संसद्लाई आग्रह गरेका छन् । उनले करिब ५० वर्ष पुरानो प्रविधिमा निर्भर हवाई नियन्त्रण प्रणालीलाई एकैपटक आधुनिक बनाउनुपर्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूले प्राविधिक समस्याको वास्तविक कारण र जिम्मेवारीबारे अनुसन्धान जारी रहेको बताएका छन् । प्रणालीको व्यापक सुधार नगरेसम्म यस्ता समस्या दोहोरिन सक्ने यातायातमन्त्री डफीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणको योजना बनाउन र त्यसमा सहभागी हुन भूमिका खेलेका हमासका एक वरिष्ठ नेता इजरायली हवाई आक्रमणमा मारिएका छन् । हमासको सैन्य संगठन अल कासम ब्रिगेडका अनुसार रफाह ब्रिगेडका नवनियुक्त कमान्डर समिर अबु युनिस शनिबार दक्षिणी गाजापट्टीको अल मवासी क्षेत्रमा मारिएका हुन् । हमासका एक स्थानीय अधिकारीले युनिसको मृत्यु भएको पुष्टि ...
। इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारसिप १५ ले आजसम्म कुनै रकेटले गर्न नसकेको काम गरेको छ। १४ नोभेम्बरमा स्टारबेसबाट उडेको उक्त रकेटदे अन्तरिक्षको कक्षमा पुगेर २६ वटा स्टारलिङ्क भी३ भूउपग्रहहरूलाई तैनाथ गरेको छ। यसले पृथ्वीको १४ फन्को लगायो र करिब २२ घण्टासम्म पृथ्वीको कक्षमा रह्यो। १५ नोभेम्बरमा फर्किएर यो रकेट त्यही टावरमा ओर्लियो, ...
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, इजिप्ट, टर्की र पाकिस्तानसहित १८ मुस्लिम बहुल राष्ट्रले गाजास्थित नासिर मेडिकल कम्प्लेक्समा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गरेका छन् । खान युनिसस्थित नासिर अस्पतालमा भएको उक्त आक्रमणमा एक शल्यचिकित्सक र एक बालकसहित कम्तीमा ६ प्यालेस्टिनीको मृत्यु भएको थियो । मुस्लिम राष्ट्रका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै आक्रमणले अन्तर्राष्ट्रिय मानवीय ...
। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९:१५ बजे अवतरण गर्दै गरेको र उडान भर्ने तयारीमा रहेको विमान विमानस्थलका दुई ट्याक्सीवे जोडिने स्थानमा ठोक्किएका थिए। घटनामा घाइते भएका दुई जनालाई घटनास्थलमै उपचार गरिएको र अस्पताल भर्ना गर्नुपर्ने ...
इजरायलका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई वार्ताका नाममा राजनीतिक नाटक गरेको आरोप लगाएका छन् । एक्समा पोस्ट गर्दै आइजेनकोटले नेतन्याहूले वार्ताका लागि भेट्न गरेको आह्वान अर्को राजनीतिक चालबाजी भएको बताएका छन् । उनका अनुसार येश अतिद र लिकुड पार्टीका वार्ता टोलीबीचको बैठक अर्को दिनका लागि यसअघि नै तय भइसकेको थियो । नेतन्याहूले राष्ट्रिय एकताको कुरा गरिरहेको भए ...