मुख्य समाचार
हमासका वरिष्ठ नेता अबु युनिस इजरायली हवाई आक्रमणमा मारिए
हमासका वरिष्ठ नेता अबु युनिस इजरायली हवाई आक्रमणमा मारिए

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणको योजना बनाउन र त्यसमा सहभागी हुन भूमिका खेलेका हमासका एक वरिष्ठ नेता इजरायली हवाई आक्रमणमा मारिएका छन् ।

हमासको सैन्य संगठन अल कासम ब्रिगेडका अनुसार रफाह ब्रिगेडका नवनियुक्त कमान्डर समिर अबु युनिस शनिबार दक्षिणी गाजापट्टीको अल मवासी क्षेत्रमा मारिएका हुन् ।

हमासका एक स्थानीय अधिकारीले युनिसको मृत्यु भएको पुष्टि गरेका छन् । इजरायली सेनाले पनि उनलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

गाजाका प्रत्यक्षदर्शीका अनुसार अल मवासीस्थित अल वाहा शिविरमा रहेको एउटा पालमा चारवटा क्षेप्यास्त्र प्रहार भएका थिए । आक्रमणपछि पालमा आगलागी भएको थियो । उक्त शिविरमा विस्थापित भएका सयौं मानिस बस्दै आएका थिए ।


दक्षिणी सहर खान युनिसस्थित नासेर अस्पतालका एक चिकित्सकीय स्रोतका अनुसार आक्रमणपछि तीन जना घाइते र एक जनाको शव अस्पताल पुर्‍याइएको थियो ।

इजरायली सेना र सुरक्षा निकाय आईएसएले टेलिग्राममार्फत जारी गरेको संयुक्त वक्तव्यमा युनिस मारिएको पुष्टि गरेका छन् ।

वक्तव्यमा युनिसलाई ‘हमासका वरिष्ठ नेताहरूमध्येका एक महत्वपूर्ण व्यक्ति’ भन्दै उनले आफ्नो ब्रिगेड र हमासको सैन्य क्षमता पुनः विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ ।

इजरायली पक्षका अनुसार युनिसले ब्रिगेडका लडाकुलाई इजरायली नागरिक र सैनिकविरुद्ध आक्रमणको तयारी गर्न तथा त्यस्ता आक्रमण कार्यान्वयन गर्न निर्देशन दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित भएका छन् । आइतबार मात्रै अमेरिकाभर ५ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजारभन्दा बढी उडान रद्द भएका छन् । अमेरिकी यातायातमन्त्री सीन डफीले उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सोमबारसम्म लाग्न सक्ने बिबिसिले जनाएको छ । ...
। इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारसिप १५ ले आजसम्म कुनै रकेटले गर्न नसकेको काम गरेको छ। १४ नोभेम्बरमा स्टारबेसबाट उडेको उक्त रकेटदे अन्तरिक्षको कक्षमा पुगेर २६ वटा स्टारलिङ्क भी३ भूउपग्रहहरूलाई तैनाथ गरेको छ। यसले पृथ्वीको १४ फन्को लगायो र करिब २२ घण्टासम्म पृथ्वीको कक्षमा रह्यो। १५ नोभेम्बरमा फर्किएर यो रकेट त्यही टावरमा ओर्लियो, ...
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, इजिप्ट, टर्की र पाकिस्तानसहित १८ मुस्लिम बहुल राष्ट्रले गाजास्थित नासिर मेडिकल कम्प्लेक्समा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गरेका छन् । खान युनिसस्थित नासिर अस्पतालमा भएको उक्त आक्रमणमा एक शल्यचिकित्सक र एक बालकसहित कम्तीमा ६ प्यालेस्टिनीको मृत्यु भएको थियो । मुस्लिम राष्ट्रका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै आक्रमणले अन्तर्राष्ट्रिय मानवीय ...
। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९:१५ बजे अवतरण गर्दै गरेको र उडान भर्ने तयारीमा रहेको विमान विमानस्थलका दुई ट्याक्सीवे जोडिने स्थानमा ठोक्किएका थिए। घटनामा घाइते भएका दुई जनालाई घटनास्थलमै उपचार गरिएको र अस्पताल भर्ना गर्नुपर्ने ...
इजरायलका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई वार्ताका नाममा राजनीतिक नाटक गरेको आरोप लगाएका छन् । एक्समा पोस्ट गर्दै आइजेनकोटले नेतन्याहूले वार्ताका लागि भेट्न गरेको आह्वान अर्को राजनीतिक चालबाजी भएको बताएका छन् । उनका अनुसार येश अतिद र लिकुड पार्टीका वार्ता टोलीबीचको बैठक अर्को दिनका लागि यसअघि नै तय भइसकेको थियो । नेतन्याहूले राष्ट्रिय एकताको कुरा गरिरहेको भए ...