: जिल्लाको थाहा नगरपालिका –०९ चित्लाङस्थित प्रहरी चेकपोष्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ६ किलो ४० ग्राम चरेससहित दुईजनालाई पक्राउ गरिएको छ ।
सोमबार राति १:४५ बजेतिर इलाका प्रहरी कार्यालय चित्लाङको चेकपोष्टमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बा.प्र.०१–०३५ च ४५६१ नम्बरको जिप रोकी चेकजाँच गरेको थियो ।
चेकजाँच गर्ने क्रममा ६ किलो ४० ग्राम फेला पारी बरामद गरिनुका साथै जिपमा चालकसहित एक महिलालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक,धुलिखेल नगरपालिका –०३, घर भई हाल बनेपा नगरपालिका –०८, तीनदोबाटो बस्ने अन्दाजी ३३ वर्षीय हेविन श्रेष्ठ र चितवन,भरतपुर महानगरपालिका –११, कोल्टाँडी स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने अन्दाजी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।