मुख्य समाचार
विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना
विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना

। विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ।

टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा उत्रिएका छन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, हुआङले पनि आफ्ना निकटवर्तीहरूसँग यस विषयमा छलफल गरेका छन्। समर्थकहरू पनि उनलाई पुनः कम्पनीको जिम्मेवारी दिइयोस् भन्ने चाहन्छन् ।

गत साता जेन्सेन हुआङको ३ जना महिलासँग विवाहेतर सम्बन्ध रहेको खबर बाहिरिएको थियो। जेन्सेनले चिनियाँ महिला एलिस हुआङसँगको अफेयर स्वीकार गर्दै १२ नोभेम्बरमा सीईओ पदबाट राजीनामा दिएका थिए।

पछि उनका एनभिडियाकै दुई महिला कर्मचारीसँग पनि अफेयर रहेको खबर बाहिरियो। अमेरिकी एजेन्सीहरूलाई एलिस चिनियाँ जासुस हुन् भन्ने आशङ्का छ।


टेक दिग्गजहरूको दबाब

इलन मस्क र एपिक गेम्सका सीईओ टिम स्विनीले जेन्सेन हुआङलाई फिर्ता ल्याउने एउटा सार्वजनिक पत्रको समर्थन गरेका छन्। दुवैले हुआङलाई पुनः सीईओ बनाउने मागको समर्थन जनाएका छन्।

कम्पनीका कैयौँ कर्मचारीले पनि उनको फिर्तीको माग गर्दै सो खुला पत्रमा हस्ताक्षर गरेका छन्।

एनभिडियामा लगानी गर्ने दुई कम्पनी, अल्टिमिटर क्यापिटल र एट्राइड्स म्यानेजमेन्टका प्रमुखहरू क्रमशः ब्राड गस्र्टनर र गेभिन बेकरले पनि बोर्डलाई खुला पत्र लेखेका छन्।

उनीहरूको भनाइ छ– हुआङले लामो समयदेखि कम्पनीलाई असाधारण सफलता दिलाएका छन्, त्यसैले बोर्डले उनको सम्भावित फिर्तीसहित सबै विकल्प खुला राख्नुपर्छ।

फाइनान्सियल टाइम्सका अनुसार, हुआङका समर्थकहरूले एउटा वार रुम समूह बनाइरहेका छन्। यो समूहले कम्पनीको बोर्ड र ह्वाइट हाउसबाट उनको फिर्तीका लागि समर्थन जुटाउने प्रयास गर्नेछ। एक सहयोगीले भने, ‘फ्रन्टियर ल्याबहरूबाहिर टेक क्षेत्रमा महत्त्वपूर्ण मानिने सबैले जेन्सेनलाई माया गर्छन्।’

तीन महिलासँग सम्बन्धको आरोप

हुआङलाई लिएर पहिलो विवाद सिङ्गापुरको कम्पनी मेगास्पिडकी अधिकारी एलिस हुआङसँग जोडिएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, उनीहरूको पटक–पटक भेट भएको थियो। एलिसमाथि चीनको गुप्तचर एजेन्सीका लागि काम गरेको आरोप छ।

दोस्रो मामिला एनभिडियाकै हेल्थकेयर भाइस प्रेसिडेन्ट किम्बर्ली पावेलसँग जोडिएको छ। न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै दाबी गरेको थियो कि उनीहरूबीच सम्बन्ध थियो। किम्बर्लीले सिधै हुआङलाई रिपोर्ट गर्थिन्।

यसबाहेक रोयटर्सले दुई व्यक्तिलाई उद्धृत गर्दै एक तेस्रो महिलासँग पनि हुआङको सम्बन्ध रहेको दाबी गरेको थियो। उनी एनभिडियाकी कर्मचारी भएको बताइएको छ।

यद्यपि, रिपोर्टमा उनको पहिचान खुलाइएको छैन। मिडिया रिपोर्टहरूका अनुसार एनभिडियाका अधिकारीहरूलाई किम्बर्ली र जेन्सेनको सम्बन्धबारे पहिल्यै थाहा थियो।

हुआङले पत्नीसँग मागेका थिए माफी

एलिससँगको सम्बन्धको खबर बाहिरिएपछि हुआङले कम्पनीका कर्मचारीहरूलाई एउटा सन्देश पठाएका थिए। यसमा उनले आफू आफ्नी पत्नीप्रति इमानदार नरहेको कुरा स्वीकार गरेका थिए।

उनले लेखेका थिए, ’मेरो यो कदमले मेरी पत्नी र सन्तानलाई गहिरो चोट पुगेको छ। मलाई यसमा पछुतो छ। मेरो जिम्मेवारी तपाईंहरू सबैको विश्वास कायम राख्नु थियो, तर म यसमा असफल भएँ।’

यसपछि १२ नोभेम्बरमा उनले सीईओ पद छाडे। यद्यपि, वाल स्ट्रिट जर्नलको रिपोर्टमा दाबी गरिएको थियो– उनले आफैँ राजीनामा दिएका थिएनन्, बरु कम्पनीको बोर्डले उनलाई पदबाट हटाउने निर्णय गरेको थियो।

चिनियाँ जासुससँगको सम्बन्धको पनि अनुसन्धान

एलिस हुआङमाथि चीनको गुप्तचर एजेन्सीसँग जोडिएको आरोप लागेपछि अमेरिकी अनुसन्धान एजेन्सीहरूले पनि यस मामिलाको अनुसन्धान गरिरहेका छन्।

अनुसन्धानमा एलिसले एनभिडियाका उन्नत एआई चिपहरू चीन पु¥याएकी थिइन् वा हुआङबाट कम्पनीको कुनै गोप्य जानकारी हासिल गरेकी थिइन् भन्ने कुरा पत्ता लगाउने प्रयास भइरहेको छ। अमेरिकी न्याय विभागले पनि एलिससँग जोडिएका मामिलाहरूको जाँच गरिरहेको छ।

अमेरिकी संसद्ले १८ नोभेम्बरमा एलिसलाई बन्द कोठामा हुने बैठकमा जानकारी दिन बोलाएको छ। उता, एनभिडियाको बोर्डले पनि आफ्नै स्तरमा यस मामिलाको स्वतन्त्र जाँच गरिरहेको छ।

अमेरिकी अर्थमन्त्रीले पनि उठाए प्रश्न

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले आइतबार एनभिडियाको नेतृत्वमा महत्त्वपूर्ण हेरफेरको माग गरेका छन्। उनले कम्पनीसँग सोधेका छन्, ‘के उनले फर्जी कम्पनीहरूमार्फत अमेरिकी निर्यात नियमहरू छलेर चीनलाई आफ्ना शक्तिशाली एआई चिपहरू बेचेका थिए?’

बेसन्टका अनुसार, कम्पनीले अमेरिकाको निर्यात नियमहरूको पालना ग¥यो कि गरेन भन्ने कुरा स्पष्ट पार्नुपर्छ। उनका अनुसार, यो मामिला हुआङको निजी विवादभन्दा पनि गम्भीर छ।

हाल अन्तरिम सीईओले सम्हाल्दै छिन् कम्पनी

हुआङले पद छाडेपछि कम्पनीकी सिएफओ कोलेट क्रेसलाई अन्तरिम सीईओ बनाइएको छ। उनी म्यानेजमेन्ट टिमसँग मिलेर मङ्गलबार आउने त्रैमासिक नतिजाअघि कम्पनीलाई स्थिर राख्ने प्रयास गरिरहेकी छन्।

यसैबीच, एनभिडियाको बोर्डले नयाँ सीईओको खोजीमा चिप कम्पनी आर्मका प्रमुख रेने हाससँग पनि सम्पर्क गरेको फाइनान्सियल टाइम्सले शुक्रबार रिपोर्ट गरेको थियो। यद्यपि, बोर्डले नयाँ सीईओ छान्ने कुनै औपचारिक प्रक्रिया सुरु नभएको बताएको छ।

हुआङसँग बोर्डको निर्णयलाई आफैँ बदल्न सक्नेगरी कम्पनीको त्यति धेरै सेयर छैन। यस्तो अवस्थामा उनको फिर्तीको निर्णय बोर्डले नै गर्नुपर्ने हुन्छ। एनभिडिया र जेन्सेन हुआङका प्रवक्ताहरूले यस पूरै मामिलामा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी गर्न आग्रह गरेका छन्। अक्टोबर र नोभेम्बरमा कम्तीमा १२ युरोपेली देशका सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए, जसमा फ्रान्स सबैभन्दा बढी प्रभावित भएको थियो। ईयूको ...
। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् । उनीहरूले प्रहरीका अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए । प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुर्‍याइएको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीले गोपालगञ्ज सहरमा रहेको जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा ...
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वका प्रमुख समस्याको जड इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी मानसिकता भएको आरोप लगाएका छन् । वासिङ्टन डीसीमा आयोजित सन् २०२६ को राष्ट्रिय वकिल सम्मेलनलाई सम्बोधन गर्दै रुबियोले मध्यपूर्वका ‘हरेक प्रमुख समस्या’ इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी सोचका कारण उत्पन्न भएको बताएका हुन् । यमनका हुथी विद्रोही, इराकका शिया लडाकु समूह, सिरियाका ...
: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारलिंक सेवामा लगाइएको गति प्रतिबन्ध हटाउन अमेरिका र अमेरिकी अर्बपति एलन मस्कसँग आग्रह गरेका छन् । उनले प्रतिबन्धका कारण रुसी आक्रमण रोक्न युक्रेनलाई कठिनाइ भइरहेको बताएका छन् । जेलेन्स्कीका अनुसार अमेरिकी सरकारको सहयोगमा युक्रेनले प्रयोग गरिरहेको सैन्य प्रयोजनको स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारशिल्ड’ मा लगाइएको गति सीमाले रुसी ड्रोन रोक्ने अभियान प्रभावित ...
बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । स्थानीय पत्रकारका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी कतिपयले धारिलो हतियार र लाठी बोकेका थिए । बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीले जिल्ला अवामी लिगको कार्यालय कब्जा गरेका छन् । उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा समेत ...