मुख्य समाचार
सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने
सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने

। नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

१५ मंसिरदेखि सुरु हुने दुई दिने प्रदेश अधिवेशनको उद्घाटनका लागि उनी गृहप्रदेश सुदूरपश्चिम जाने भएका हुन् ।
प्रदेश सभापति वीरबहादुर बलायरले पूर्वसभापति देउवाबाट प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

यसअघि शनिबार प्रदेश सभापति बलायरले विज्ञप्ति जारी गरेर कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना हुने जानकारी सार्वजनिक गरेका थिए ।


उनका अनुसार सुदूरपश्चिम प्रदेश अघिवेशन १५ मंसिर बिहान ११ बजेबाट उद्घाटन समारोह सुरू हुनेछ ।

विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका सबै वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पनि उल्लेख थियो ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औं नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको देउवा समूहले मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ । ‎ ‎आइतबार बेलुकी हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तर दिशामा जंगल छेउमा रहेको गोठतर्फ गएका चौधरीलाई जंगली हात्तीले आक्रमण गरेको हो। उनीसँगै अन्य ४–५ जना पनि बाख्रा खोज्न गएको बताइएको छ। ‎स्थानीय दिलीप चौधरीका ...
। कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुनिउँमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्णरूपमा जलेर नष्ट भएको छ । घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो । आगलागीबाट धान र पराल गरी करिब एक लाख ५१ हजारभन्दा बढी मूल्यको क्षति ...
। नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ...
। दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जुवाखालबाट प्रहरीले नगद ५ लाख ३० हजार २४५ रुपैयाँ र १२ बुक तास पनि बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी ...
। नेपाली कांग्रेस (देउवा समूह)को लुम्बिनी प्रदेश अधिवेशन ७ मंसिरमा हुने भएको छ । दाङको भालुबाङमा सोमबार बसेको समूहको बैठकले ७ मंसिरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी देउवा समूहका प्यूठान जिल्ला सभापति देवेन्द्र वर्माले पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार अधिवेशनमा देउवा समूहको ‘१५औं ...