मुख्य समाचार
जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

। सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ ।
‎
‎आइतबार बेलुकी हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तर दिशामा जंगल छेउमा रहेको गोठतर्फ गएका चौधरीलाई जंगली हात्तीले आक्रमण गरेको हो। उनीसँगै अन्य ४–५ जना पनि बाख्रा खोज्न गएको बताइएको छ।

‎स्थानीय दिलीप चौधरीका अनुसार जंगल छेउमा पुगेका बेला हात्ती कराउन थालेपछि चौधरीले पनि हात्तीले जस्तै आवाज निकाल्दै जोडले कराएका थिए। त्यसपछि हात्तीले उनलाई लखेटेर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।‎
‎
‎जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते चाैधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको उनले बताए ।




‎‎जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएपछि आसपासका बस्तीमा त्रास फैलिएको छ। पछिल्लो समय जंगल आसपासका क्षेत्रमा हात्तीको आवागमन बढ्दै गएपछि स्थानीय बासिन्दा थप त्रसित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्युु भएको छ । सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए । उनले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्युु भएको जानकारी दिए । चौधरी जङ्गल नजिक पुगेपछि ...
। नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । १५ मंसिरदेखि सुरु हुने दुई दिने प्रदेश अधिवेशनको उद्घाटनका लागि उनी गृहप्रदेश सुदूरपश्चिम जाने भएका हुन् । प्रदेश सभापति वीरबहादुर बलायरले पूर्वसभापति देउवाबाट प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । यसअघि शनिबार प्रदेश सभापति बलायरले विज्ञप्ति जारी गरेर कैलालीको ...
। कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुनिउँमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्णरूपमा जलेर नष्ट भएको छ । घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो । आगलागीबाट धान र पराल गरी करिब एक लाख ५१ हजारभन्दा बढी मूल्यको क्षति ...
। नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ...
। दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जुवाखालबाट प्रहरीले नगद ५ लाख ३० हजार २४५ रुपैयाँ र १२ बुक तास पनि बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी ...