मुख्य समाचार
आईसीसीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ
आईसीसीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ

। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ।

यसअघि लगातार तीन संस्करणमा प्रयोग गरिएको सुपर सिक्सको संरचना हटाउँदै आईसीसीले आगामी छनोट प्रतियोगिता नयाँ ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको हो।

आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। उनीहरूलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। त्यसपछि सेमिफाइनलका विजेताबीच फाइनल हुनेछ।

यसअघि छनोट प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरी समूह चरणपछि सुपर सिक्स खेलाइन्थ्यो। त्यस क्रममा कुल ३४ खेल हुन्थे र शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउँथे। नयाँ ढाँचामा भने खेल संख्या घटाएर २३ मा सीमित गरिएको छ।


बालीमा आइतबार सम्पन्न बैठकपछि आईसीसीले नयाँ संरचनाबारे जानकारी दिएको हो। यसअघि जुलाईमा आईसीसी बोर्डले स्वीकृत गरेको सन् २०२७ को विश्वकपको परिमार्जित संरचनाअनुसार छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने मुख्य विश्वकपमा सिधै स्थान बनाउनेछ।

छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुने टोलीले विश्वकपको पहिलो चरण अर्थात् सुपर सिरिज खेल्नेछन्। उक्त चरणबाट शीर्ष स्थान हासिल गर्ने टोलीले मुख्य प्रतियोगितामा प्रवेश पाउनेछ।

छनोट प्रतियोगितामा वेस्ट इन्डिज र आयरल्यान्ड वरीयताका आधारमा छनोट भएका छन्। त्यस्तै, विश्वकप लिग–२ बाट अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन्। बाँकी चार टोलीको टुंगो नेपालमा आगामी महिना हुने छनोट प्लेअफबाट लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को छनोट प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। सन् २०२८ को पहिलो त्रैमासिकमा आयोजना हुने ग्लोबल छनोटबाट आठ टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन्। छनोट प्रतियोगितामा चार समूहमा चार–चार टोली रहनेछन्। समूह चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल हुनेछन्। प्रतियोगितामा कुल ३१ खेल खेलाइनेछ। आठ टोलीको छनोटमा क्षेत्रीय प्रतिनिधित्वलाई प्राथमिकता दिइनेछ। ...
। जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठकमा निर्देशकहरूको प्रस्तावपछि शाह निर्विरोध पुनः नियुक्त भएका हुन्। आईसीसीले शाहको नेतृत्वप्रति बोर्डले देखाएको विश्वास र क्रिकेटको विश्वव्यापी विस्तार, दर्शकको संख्या वृद्धि तथा व्यावसायिक विकासलाई अघि बढाउन निरन्तरताको आवश्यकता रहेको जनाएको छ। क्रिकेट सन् २०२८ मा ...
। विश्व विजेता स्पेन युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा इंग्लयान्ड्सँग ३-२ ले पराजित भएको छ । घरेलु मैदानमै बेहोरेको यो हारपछि स्पेनको लगातार ४३ खेलमा अपराजित यात्रामा पनि ब्रेक लागेको छ । मड्रिडस्थित रियाद एअर मेट्रोपोलिटानोमा भएको खेलमा थोमस टुचेलको टिम इंग्ल्यान्डले विश्व विजेता स्पेन विरुद्ध ३-० को अग्रता बनाएको थियो । पछि स्पेनले ...
। कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ। टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम,रासिद खान, लोकेश बम र नन्दन यादव पनि टोलीमा ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले हराउँदै सुखद् अन्त्य गरेको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा २२४ रन बनाएको हो। पोखराले दिएको २२५ रनको बलियो लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रन ...