। धनुषामा मोटरसाइकलको ठक्करबाट एक जनाको निधन भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१९ कठाईतस्थित सडकमा श्रीरीपुरबाट कठाईततर्फ जाँदै गरेको प्र.०२–००४ प २०४६ नम्बरको मोटरसाइकलले एक पदैलयात्रीलाई ठक्कर दिएको हो ।
मिथिला बिहारी नगरपालिका–९ कटरेज टोल बस्ने २६ वर्षीय प्रशान्त कुमार यादवलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।