। नेपाली कांग्रेसको देउवा समूहले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा धादिङका डा. अमितसिंह कार्कीलाई मनोनीत गरेको छ ।
देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले कार्कीलाई अध्यक्षमा मनोनीत गरेका हुन् ।
उनलाई विधानको धारा ४२ (१) बमोजिम चिकित्सक संघको अध्यक्षमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । डा. कार्कीलाई आगामी ६ महिनाभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने कार्यादेश दिइएको छ ।