। जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा छन् । उनलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार जडिबुटीबाट पक्राउ गरेको हो ।
बलात्कार मुद्दामा उनलाई ८ वर्ष कैद तोकिएको थियामे । ३ वर्ष कैद भुक्तान गरेका उनको अझै ५ वर्ष कैद भुक्तान गर्न बाँकी नै छ । उनलाई सुन्धारा कारागार पठाइएको छ ।