मुख्य समाचार
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु

। दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीम भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन ।

प्रहरीका अनुसार पिटरमारिट्जबर्ग सहरबाहिर स्विटवाटरमा गोली लागेर क्षतिग्रस्त भएको एउटा गाडीभित्र आठ जनाको शव फेला परेको थियो । घटनामा मारिएका व्यक्तिहरूको पहिचान हुन सकेको छैन भने प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

त्यस्तै, राजधानी प्रिटोरियानजिकै जेफ्सभिलस्थित अनौपचारिक बस्तीको एउटा झुपडीमा गोली लागेका अवस्थामा नौ जनाको शव फेला परेको थियो । आइतबार राति भएको उक्त घटनामा पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।

प्रहरीका अनुसार जेफ्सभिलमा मारिनेमा छ पुरुष र तीन महिला छन् । उनीहरूमध्ये बालबालिका पनि थिए वा थिएनन् भन्नेबारे प्रहरीले तत्काल पुष्टि गरेको छैन । घटनाको अनुसन्धान गौतेङ प्रान्तको गम्भीर तथा हिंसात्मक अपराध, हत्या र लुटपाटसम्बन्धी एकाइले गरिरहेको छ ।

गौतेङका प्रहरी आयुक्त टमी एमथोम्बेनीले यी हत्याहरू गत वर्ष साउल्सभिल नजिकैको अर्को अनौपचारिक बस्तीमा भएको गोलीकाण्डसँग सम्बन्धित हुन सक्ने बताएका छन्। उक्त घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

एमथोम्बेनीले भने, ‘यी घटनाहरू आपसमा जोडिएका हुन सक्छन् । बदलाको भावनाले गराइएको आक्रमण हुन सक्ने सम्भावनालाई पनि हामीले नकार्न सक्दैनौँ ।’

दक्षिण अफ्रिकामा पछिल्लो एक वर्षयता आपराधिक गिरोहसँग सम्बन्धित सामूहिक गोलीकाण्डका घटनाहरू बढेका छन् ।

गत सेप्टेम्बरमा तटीय सहर डर्बननजिकैको एक गरिब बस्तीमा तीन जना बन्दुकधारीले एउटा घरमा प्रवेश गरी पार्टीमा सहभागीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । उक्त घटनामा गर्भवती महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, गत जुनमा जोहानेसबर्गको एक गरिब बस्तीमा बन्दुकधारीहरूले गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीले उक्त घटनालाई पनि आपराधिक गिरोहसँग जोडेको थियो ।

गत वर्ष डिसेम्बरमा दुई साताको अन्तरालमा भएका दुई सामूहिक गोलीकाण्डमा २१ जनाको ज्यान गएको थियो । ती घटनामा पनि धेरै बन्दुकधारी संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण गरेको जनाएको छ । सिरिया र लेबनानको सीमामा पर्ने जानता क्षेत्रमा उक्त आक्रमण गरिएको सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ । लेबनानी सञ्चारमाध्यमले सोमबार बिहान उक्त ...
: युरोपेली संघ (ईयू) का पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई देशनिकाला गरी रुवान्डा पठाउने योजना सार्वजनिक गरेका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रिस र नेदरल्यान्ड्सले सन् २०२७ देखि रुवान्डामा आप्रवासी फिर्ता केन्द्र (रिटर्न हब) सञ्चालन गर्ने तयारी गरेका हुन् । नेदरल्यान्ड्स र डेनमार्क सरकारले सोमबार यसको जानकारी दिएका हुन् । यो योजना सम्बन्धित पाँच देशमा ...
: चेक गणतन्त्रमा सार्वजनिक सञ्चारमाध्यमको समर्थनमा प्रागको लेट्ना मैदानमा भएको प्रदर्शनमा करिब ४ लाख स्थानीय सहभागी भए। तथ्यांक पुष्टि भएमा यो सन् १९८९ को अन्त्य भएयताको चेक गणतन्त्रमा भएको सबैभन्दा ठूलो प्रदर्शन हुनेछ। करिब ३ साताअघि सत्ता गठबन्धनले प्रतिनिधिसभामा चेक टेलिभिजन र चेक रेडियोको लाइसेन्स शुल्क खारेज गर्ने विधेयकको पहिलो वाचन अचानक पारित गराएको थियो। ...
। न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अक्टोबर महिनामा सेवा क्षेत्रको विस्तारले गति लिएसँगै मुलुकको समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको एक उद्योग सर्वेक्षणले जनाएको छ । बीएनजेड–बिजनेसएनजेडले सार्वजनिक गरेको पर्फर्मेन्स अफ सर्भिसेज इन्डेक्स (पीएसआई) अक्टोबरमा ०.८ अंकले बढेर ५१.७ पुगेको छ । सेप्टेम्बरमा उक्त सूचक ५०.९ ...
। सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ । आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको स्थानीय अधिकार अनुगमन संस्थाले जनाएको छ । स्थानीय अधिकार अनुगमन संस्था कोर्डोफान अब्जर्भेटरीका अनुसार सेनाले एउटै क्षेत्रमा दुईपटक ड्रोन ...