मुख्य समाचार
इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण
इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण

। इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण गरेको जनाएको छ ।

सिरिया र लेबनानको सीमामा पर्ने जानता क्षेत्रमा उक्त आक्रमण गरिएको सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ ।

लेबनानी सञ्चारमाध्यमले सोमबार बिहान उक्त क्षेत्रमा इजरायली हवाई आक्रमण भएको जनाएका छन् । अल जदीद टेलिभिजनका अनुसार पछिल्लो तीन महिनामा बेका क्षेत्रमा भएको यो पहिलो इजरायली आक्रमण हो ।

इजरायली सेनाले हिज्बुल्लाहले युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै हतियार तस्करी गर्ने र लेबनानभरि लडाकुहरू परिचालन गर्ने गतिविधि जारी राखेको आरोप लगाएको छ । साथै, इजरायल युद्धविरामप्रति प्रतिबद्ध रहेको जनाएको छ ।


यसैबीच, लेबनानी प्रसारक एलबीसीआईका अनुसार सोमबार बिहान करिब ५० इजरायली सैनिक शेबाको बाहिरी क्षेत्रमा प्रवेश गरी हमदान परिवारका दुई दाजुभाइलाई नियन्त्रणमा लिएका छन् । लेबनानी सञ्चारमाध्यमका अनुसार उनीहरूका अर्का भाइलाई इजरायलले एक वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेको छ ।

इजरायली सेनाले भने उक्त स्थल कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काइएको देख्न आफूलाई कुनै आपत्ति नहुने बताएका छन् । हुआङले गत साता व्यक्तिगत सम्बन्धसम्बन्धी विवाद सार्वजनिक भएपछि एनभिडियाको प्रमुख पदबाट राजीनामा दिएका थिए । उनीमाथि चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक महिलासँग र आफ्नै कम्पनीकी एक कर्मचारीसँग सम्बन्ध रहेको ...
: अमेरिकाको म्यासाचुसेट्स राज्यमा आफ्नै तीन सन्तानको हत्या गरेको आरोप लागेकी लिन्डसे क्लेन्सीविरुद्ध आगामी वर्ष पुनः मुद्दा चलाइने भएको छ । अदालतले सोमबार सुनुवाइ गर्दै सन् २०२७ मार्च २९ का लागि पुनः सुनुवाइको मिति तोकेको हो । यसअघि भएको सुनुवाइमा १२ सदस्यीय जुरीबीच एकमत हुन नसकेपछि अदालतले मुद्दामा सुनुवाइ निष्कर्षविहीन भएको घोषणा गरेको थियो । ३६ वर्षीया ...
: युरोपेली संघ (ईयू) का पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई देशनिकाला गरी रुवान्डा पठाउने योजना सार्वजनिक गरेका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रिस र नेदरल्यान्ड्सले सन् २०२७ देखि रुवान्डामा आप्रवासी फिर्ता केन्द्र (रिटर्न हब) सञ्चालन गर्ने तयारी गरेका हुन् । नेदरल्यान्ड्स र डेनमार्क सरकारले सोमबार यसको जानकारी दिएका हुन् । यो योजना सम्बन्धित पाँच देशमा ...
। दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीम भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन । प्रहरीका अनुसार पिटरमारिट्जबर्ग सहरबाहिर स्विटवाटरमा गोली लागेर क्षतिग्रस्त भएको एउटा गाडीभित्र आठ जनाको शव फेला परेको थियो । घटनामा मारिएका व्यक्तिहरूको पहिचान हुन सकेको छैन ...
: चेक गणतन्त्रमा सार्वजनिक सञ्चारमाध्यमको समर्थनमा प्रागको लेट्ना मैदानमा भएको प्रदर्शनमा करिब ४ लाख स्थानीय सहभागी भए। तथ्यांक पुष्टि भएमा यो सन् १९८९ को अन्त्य भएयताको चेक गणतन्त्रमा भएको सबैभन्दा ठूलो प्रदर्शन हुनेछ। करिब ३ साताअघि सत्ता गठबन्धनले प्रतिनिधिसभामा चेक टेलिभिजन र चेक रेडियोको लाइसेन्स शुल्क खारेज गर्ने विधेयकको पहिलो वाचन अचानक पारित गराएको थियो। ...