मुख्य समाचार
अमेरिकाको म्यासाचुसेट्स राज्यमा आफ्नै तीन सन्तानको हत्या गरेको आरोप लागेकी लिन्डसे क्लेन्सीविरुद्ध आगामी वर्ष पुनः मुद्दा चलाइने
अमेरिकाको म्यासाचुसेट्स राज्यमा आफ्नै तीन सन्तानको हत्या गरेको आरोप लागेकी लिन्डसे क्लेन्सीविरुद्ध आगामी वर्ष पुनः मुद्दा चलाइने

: अमेरिकाको म्यासाचुसेट्स राज्यमा आफ्नै तीन सन्तानको हत्या गरेको आरोप लागेकी लिन्डसे क्लेन्सीविरुद्ध आगामी वर्ष पुनः मुद्दा चलाइने भएको छ ।

अदालतले सोमबार सुनुवाइ गर्दै सन् २०२७ मार्च २९ का लागि पुनः सुनुवाइको मिति तोकेको हो । यसअघि भएको सुनुवाइमा १२ सदस्यीय जुरीबीच एकमत हुन नसकेपछि अदालतले मुद्दामा सुनुवाइ निष्कर्षविहीन भएको घोषणा गरेको थियो ।

३६ वर्षीया क्लेन्सीमाथि सन् २०२३ जनवरी २४ मा आफ्नै घरमा पाँच वर्षीया छोरी कोरा, तीन वर्षीय छोरा डसन र आठ महिनाका छोरा क्यालनको घाँटी कसेर हत्या गरेको आरोप छ । अभियोजन पक्षले यसअघि उनीविरुद्ध योजनाबद्ध हत्यासम्बन्धी तीनवटा अभियोग लगाएको थियो ।

तर, प्रतिरक्षा पक्षले क्लेन्सी गम्भीर प्रसवोत्तर मानसिक विकार (पोस्टपार्टम साइकोसिस) बाट पीडित रहेको दाबी गर्दै उनी आपराधिक रूपमा जिम्मेवार नरहेको जिकिर गर्दै आएको छ ।

गत सेप्टेम्बर ४ मा भएको पहिलो सुनुवाइमा जुरी सदस्यहरूबिच सहमति जुट्न नसकेपछि न्यायाधीश विलियम सुलिभानले मुद्दामा पुनः सुनुवाइ गर्नुपर्ने अवस्था आएको बताएका थिए । केही जुरी सदस्यले सञ्चारमाध्यमसँगको कुराकानीमा क्लेन्सीलाई मानसिक अस्वस्थताका कारण दोषमुक्त गर्न आफूहरू तयार रहेको तर एक सदस्य सहमत नभएको बताएका थिए ।

यसैबिच, प्रतिरक्षा पक्षले एउटै कसुरमा पटक–पटक मुद्दा चलाउन नपाइने कानुनी सिद्धान्त (डबल जियोपार्डी) को आधारमा मुद्दा खारेज गर्न गरेको माग एक साताअघि न्यायाधीशले अस्वीकार गरेका थिए । त्यससँगै उनीविरुद्ध पुनः मुद्दा चलाउने बाटो खुलेको हो ।

क्लेन्सीले आफ्ना सन्तानमाथि व्यायामका लागि प्रयोग हुने इलास्टिक ब्यान्ड प्रयोग गरी घाँटी कसेको अभियोजन पक्षको आरोप छ । घटनाअघि उनले आफ्ना तत्कालीन श्रीमान् प्याट्रिक क्लेन्सीलाई खानेकुरा र बालबालिकाका लागि औषधि लिन घरबाहिर पठाएको बताइएको छ ।

अभियोजन पक्षले यसपटक पनि उनीविरुद्ध प्रथम श्रेणीको हत्याको अभियोग अघि बढाउने संकेत गरेको भए पनि त्यसबारे औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन । दोस्रो श्रेणीको हत्यासम्बन्धी कम गम्भीर अभियोग लगाउने विकल्पसमेत अभियोजन पक्षसँग रहेको छ ।

हाल क्लेन्सी म्यासाचुसेट्सस्थित सरकारी मनोचिकित्सकीय अस्पताल तथा उपचार केन्द्रमा रहेकी छन् । यस घटनाले अमेरिकामा प्रसवोत्तर मानसिक स्वास्थ्य समस्या र त्यसको कानुनी जिम्मेवारीबारे व्यापक बहससमेत सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका छन्। उनले आफ्नी श्रीमती बुशरा बीबीको स्वास्थ्य अवस्था पनि बिग्रिएको उल्लेख गर्दै दुवैलाई उचित उपचार उपलब्ध गराउन पाकिस्तानका तीन प्रमुख अदालतका प्रधानन्यायाधीशहरूसँग अपिल गरेका हुन्। इमरानले सोमबार संघीय संवैधानिक अदालत, सर्वोच्च ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काइएको देख्न आफूलाई कुनै आपत्ति नहुने बताएका छन् । हुआङले गत साता व्यक्तिगत सम्बन्धसम्बन्धी विवाद सार्वजनिक भएपछि एनभिडियाको प्रमुख पदबाट राजीनामा दिएका थिए । उनीमाथि चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक महिलासँग र आफ्नै कम्पनीकी एक कर्मचारीसँग सम्बन्ध रहेको ...
। इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण गरेको जनाएको छ । सिरिया र लेबनानको सीमामा पर्ने जानता क्षेत्रमा उक्त आक्रमण गरिएको सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ । लेबनानी सञ्चारमाध्यमले सोमबार बिहान उक्त ...
: युरोपेली संघ (ईयू) का पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई देशनिकाला गरी रुवान्डा पठाउने योजना सार्वजनिक गरेका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रिस र नेदरल्यान्ड्सले सन् २०२७ देखि रुवान्डामा आप्रवासी फिर्ता केन्द्र (रिटर्न हब) सञ्चालन गर्ने तयारी गरेका हुन् । नेदरल्यान्ड्स र डेनमार्क सरकारले सोमबार यसको जानकारी दिएका हुन् । यो योजना सम्बन्धित पाँच देशमा ...
। दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीम भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन । प्रहरीका अनुसार पिटरमारिट्जबर्ग सहरबाहिर स्विटवाटरमा गोली लागेर क्षतिग्रस्त भएको एउटा गाडीभित्र आठ जनाको शव फेला परेको थियो । घटनामा मारिएका व्यक्तिहरूको पहिचान हुन सकेको छैन ...