मुख्य समाचार
नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको
नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको

। सभामुख डोलप्रसाद अर्यालले नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको बताएका छन् ।

छठ पर्वका लागि मधेश आएका उनले आज दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाटलाई सम्बोधन गर्दै मधेसमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिणाममुखी कामको आवश्यकता रहेकामा जोड दिए ।

‘हामीले मधेशको शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिएर काम गर्नुपर्ने छ’, सभामुख अर्यालले भने, ‘विकासका यी मुद्दामा सबै पक्षबीच आपसी संवाद बढाएर परिणाम देखिने काम हुनुपर्छ ।’

कृषिसँग सम्बन्धित उद्योगधन्दा विकास गर्नसके रोजगारीका अवसर बढ्न सक्ने र यसले विदेश पलायनको क्रम रोक्न मद्दत पुग्ने उनले बताए ।


मधेशमा यसपालि छठ पर्व मनाउन आउँदा यहाँको सांस्कृतिक सद्भाव, आपसी हेलमेल र सहिष्णुताले मन प्रफुल्ल बनाएको सभामुख अर्यालको भनाइ छ । चाडवाडमा देखिएको यो सद्भाव विकासमा मुखरित गर्नसके हामीले चाहेको समृद्धि हात पर्ने उनले स्पष्ट गरे ।

‘राजनीतिमा स्वस्थ्य प्रतिस्पर्धा हुनपर्छ, राजनीति सुशासन र विकासप्रति समर्पित हुन आवश्यक छ’, सभामुख अर्यालले भने, ‘यस विषयमा आमजनताले आफ्ना प्रतिनिधिलाई घचघच्याइ रहनुपर्छ ।’

संसद्ले एक युगसम्म जनताले अपनत्व लिनसक्ने गरी कानुनको तर्जुमा र संविधान संशोधनका विषय पहिल्याउने र टुङ्ग्याउने काम गर्नपर्ने उनको धारणा छ ।

‘कमसेकम अहिलेको हाम्रो पुस्ताको कामलाई हाम्रा नाति पुस्ताले बाजेहरुले ठीकै गर्न खोजेका रहेछन् भन्ने अनुभूति लिन सकुन्,’ सभामुख अर्यालले भने, ‘राम्रो परिणामका लागि फेरि पनि हामीबीच समुन्नत सहमति, सहकार्य र सहअस्तित्व हुनपर्छ ।’

वीरगञ्जमा छठ पर्व सकेर हुलाकी सडक हुँदै बर्दिवास आइपुगेका अर्याल यहाँको भेटघाट कार्यक्रमपछि काठमाडौं प्रस्थान गरे । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका छन् । सत्तारूढ पार्टी ‘युनाइटेड रसिया’ द्वारा आयोजित यस कार्यक्रममा आयोजक दलका संयोजक V. Yakushev ले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए । चीन, भारत, अफ्रिका, अमेरिका ...
। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। आज लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताएका हुन्। मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लामा ...
: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफ्नो पार्टीको तत्काल सरकार बदल्ने वा सरकारमा जाने कुनै योजना नरहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय प्रक्रियाबाट वर्तमान सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारसँग प्रचण्ड बहुमत रहेको उल्लेख गर्दै भट्टराईले पार्टीभित्रै आन्तरिक द्वन्द्व भएर नेतृत्वले विकल्प खोजे ...
। नेपाल सार्वभौम ‘क्रेडिट रेटिङ’ मूल्यांकनमा पुन: सोही स्थानमा रहन बाध्य भएको छ । फिट्चको सार्वभौम रेटिङ मोडेल (एआरएम) मा नेपाल पुन: ‘बीबी माइनस’ मा रहेको छ । अर्थ मन्त्रालयका अनुसार यस वर्ष नेपालको अंक ०.१९ ले बढेर ३.६६ पुगेको छ । गत वर्ष ३.४७ थियो । गत वर्षको अंकमा गुणात्मक मूल्यांकनबाट एक तह थपेर बीबी ...
। जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा छन् । उनलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार जडिबुटीबाट पक्राउ गरेको हो । बलात्कार मुद्दामा उनलाई ८ वर्ष कैद तोकिएको थियामे । ३ वर्ष कैद भुक्तान गरेका उनको अझै ५ वर्ष कैद भुक्तान ...