मुख्य समाचार
बालेन शाह नेतृत्वको सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुने चेतावनी
बालेन शाह नेतृत्वको सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुने चेतावनी

। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुने चेतावनी दिएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई कुनै साथ, सहयोग र सल्लाह नदिने बताएका छन् ।

सोमबार गृहजिल्ला पाँचथरमा आयोजित पाँचथर बहुमूखी क्याम्पसको साधारणसभामा बोल्दै आङ्देम्बेले न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमाथि सरकारको हस्तक्षेप बढेको आरोप लगाए । प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइएको भन्दै उनले राज्यका लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेप गलत भएको बताए ।

‘यो सरकारलाई यत्तिकासम्म हेर्‍यौँ । तर, न्यायलयमाथि हस्तक्षेप बढायो, प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइयो, प्रहरीमाथि हस्तक्षेप बढायो । राज्यका लोकतान्त्रिक संस्थाहरुमाथि हस्तक्षेप भयो । यो गलत छ,’ उनले भने, ‘अब यो सरकारलाई कुनै साथ रहने छैन । कुनै सल्लाह पनि दिइने छैन । मनपरी गर्नेलाई सल्लाह दिनु कुनै अर्थ छैन । अब वार कि पार हुन्छ ।’

आङ्देम्बेले संसद् अधिवेशन तत्काल आह्वान गर्न पनि सरकारसँग माग गरे । यसैगरी, उनले सामुदायिक क्याम्पसहरूलाई आंगिक क्याम्पसमा रूपान्तरण गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारले पनि उच्च शिक्षाको स्वामित्व लिनुपर्ने उनको भनाइ छ ।


उच्च शिक्षाका लागि पहाडी जिल्लाबाट विद्यार्थी सहरतर्फ जाने क्रम बढ्दा गाउँ रित्तिँदै गएको भन्दै उनले सामुदायिक क्याम्पसमा राज्यको लगानी बढाउनुपर्ने बताए । स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन सामुदायिक क्याम्पसलाई व्यवस्थित र सुदृढ बनाउने नीति आवश्यक रहेको उनले औँल्याए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ। रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका छन् । सत्तारूढ पार्टी ‘युनाइटेड रसिया’ द्वारा आयोजित यस कार्यक्रममा आयोजक दलका संयोजक V. Yakushev ले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए । चीन, भारत, अफ्रिका, अमेरिका ...
। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। आज लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताएका हुन्। मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लामा ...
। सभामुख डोलप्रसाद अर्यालले नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको बताएका छन् । छठ पर्वका लागि मधेश आएका उनले आज दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाटलाई सम्बोधन गर्दै मधेसमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिणाममुखी कामको आवश्यकता रहेकामा जोड दिए । ‘हामीले मधेशको शिक्षा, ...
: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफ्नो पार्टीको तत्काल सरकार बदल्ने वा सरकारमा जाने कुनै योजना नरहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय प्रक्रियाबाट वर्तमान सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारसँग प्रचण्ड बहुमत रहेको उल्लेख गर्दै भट्टराईले पार्टीभित्रै आन्तरिक द्वन्द्व भएर नेतृत्वले विकल्प खोजे ...