मुख्य समाचार
बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्
बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्

। बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १६ वर्ष खेलेपछि राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्।

लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीबाट १३५ खेल खेल्दै ९४ गोल गरेका छन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन्। उनीभन्दा अघि सुनिल क्षेत्री, अली दाइ, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डोको नाममा १४६ गोल छ।
लुकाकुले चार विश्वकपमा बेल्जियमको प्रतिनिधित्व गर्दै आठ गोल गरेका छन्। त्यस्तै, तीन युरोपियन च्याम्पियनसिपमा उनले कुल ६ गोल गरेका छन्। सन् २०२३ मा युरो २०२४ छनोटका आठ खेलमा १४ गोल गर्दै उनले युरोपियन च्याम्पियनसिप छनोटको एकै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका थिए।

इन्स्टाग्राममार्फत सन्यासको घोषणा गर्दै लुकाकुले राष्ट्रिय टोलीबाट बिताएका १६ वर्षका प्रत्येक क्षणको आनन्द लिएको बताएका छन्। उनले आफूले टोलीका लागि सक्दो योगदान दिएको र हरेक प्रकारका भावनात्मक अनुभवबाट गुज्रिएको उल्लेख गरेका छन्।


‘यी १६ वर्षमा मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबै कुरा दिएँ। मैले सम्भव भएका सबै भावना अनुभव गरेँ,’ उनले लेखेका छन्, ‘बेल्जियमका समर्थकलाई टोलीप्रति देखाउनुभएको समर्थनका लागि धन्यवाद। चार विश्वकप र तीन युरोपियन च्याम्पियनसिपमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको छ।’

उनले आफ्नो निर्णयप्रति सन्तुष्ट रहेको उल्लेख गर्दै राष्ट्रिय टोलीसँग बिताएका क्षण कहिल्यै नबिर्सने बताएका छन्। साथै, सहकर्मी र प्रशिक्षकलाई आफूलाई विश्वास गरेको तथा टोलीका लागि योगदान गर्न प्रेरित गरेकोमा धन्यवाद दिएका छन्।

लुकाकु पछिल्लो समय हिपको चोटका कारण टर्कीविरुद्ध बेल्जियमको नेसन्स लिग खेलमा अनुपस्थित थिए। आइतबार इटालीविरुद्धको खेलमा भने उनी बेन्चमा रहे। उक्त खेलमा बेल्जियमले ४–१ को जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

लुकाकुका बेल्जियमका सहकर्मी केभिन डी ब्रुएनले पनि सामाजिक सञ्जालमार्फत उनलाई धन्यवाद दिएका छन्। उनले लुकाकुले आफू र आफ्नो देशका लागि दिएको योगदान शब्दमा वर्णन गर्न नसकिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले पूर्वअध्यक्ष सेप ब्लाटरपछि अवस्था झन् खराब भएको टिप्पणी गर्दै विश्व फुटबलको सर्वोच्च निकायमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन्। ‘ब्लाटरपछि अवस्था यति खराब हुन सक्छ भन्ने मैले सोचेको थिइनँ, तर कसैले त्योभन्दा पनि खराब बनाउन सफल भयो,’ क्लोपले भने, ‘इन्फान्टिनोको ...
: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिकता, प्रतिस्पर्धा र लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याएको छ। आठ फ्रेन्चाइज टोलीको सहभागिता, विश्व क्रिकेटका चर्चित खेलाडीको उपस्थिति, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, बढ्दो पुरस्कार राशि र दर्शकको आकर्षणले यसपटकको एनपीएललाई थप चर्चित बनाएको छ। कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको लिग चरणका खेल सम्पन्न ...
। स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए। सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको जानकारी दिएको हो । सुदूरका अर्का स्कटिश खेलाडी ब्रान्डन म्याकमुलेन भने फर्किसकेका छन् । ओपनिङ ब्याटर मन्से स्कटल्यान्डका भरपर्दा सीमित ओभरका खेलाडी हुन्। उनले ...
। आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को छनोट प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। सन् २०२८ को पहिलो त्रैमासिकमा आयोजना हुने ग्लोबल छनोटबाट आठ टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन्। छनोट प्रतियोगितामा चार समूहमा चार–चार टोली रहनेछन्। समूह चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल हुनेछन्। प्रतियोगितामा कुल ३१ खेल खेलाइनेछ। आठ टोलीको छनोटमा क्षेत्रीय प्रतिनिधित्वलाई प्राथमिकता दिइनेछ। ...
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ। यसअघि लगातार तीन संस्करणमा प्रयोग गरिएको सुपर सिक्सको संरचना हटाउँदै आईसीसीले आगामी छनोट प्रतियोगिता नयाँ ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको हो। आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। उनीहरूलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। दुवै ...