मुख्य समाचार
जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताए
जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताए

। जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले पूर्वअध्यक्ष सेप ब्लाटरपछि अवस्था झन् खराब भएको टिप्पणी गर्दै विश्व फुटबलको सर्वोच्च निकायमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन्।

‘ब्लाटरपछि अवस्था यति खराब हुन सक्छ भन्ने मैले सोचेको थिइनँ, तर कसैले त्योभन्दा पनि खराब बनाउन सफल भयो,’ क्लोपले भने, ‘इन्फान्टिनोको ठाउँमा आउने अर्को व्यक्तिले पक्कै राम्रो काम गर्न सक्छ।’
ब्लाटर भ्रष्टाचारसम्बन्धी विवादमा परेपछि सन् २०१५ मा फिफा अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसपछि सन् २०१६ को फेब्रुअरीमा इन्फान्टिनो फिफाको अध्यक्ष बनेका थिए। इन्फान्टिनोले आगामी मार्चमा हुने निर्वाचनमा पुनः अध्यक्ष बन्ने तयारी गरेका छन्।

तर, फिफाका प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव अघि सारेपछि उनी दबाबमा परेका छन्। फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) नाम दिइएको उक्त योजनामा विश्वकपलगायत फिफाका अन्य प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव समावेश थियो। पछि इन्फान्टिनोले फिफा काउन्सिलसँग उक्त योजनाका लागि माफी मागेका थिए। तर, एफएफईसँग सम्बन्धित सबै कागजात सार्वजनिक गरी महत्त्वपूर्ण प्रश्नको जवाफ नदिएसम्म उनी विश्व फुटबलको नेतृत्व गर्न योग्य नरहेको भन्दै दबाब बढेको थियो।


क्लोपले आर्थिक स्वार्थभन्दा फुटबलको भविष्यलाई प्राथमिकता दिने व्यक्तिले नेतृत्व लिनुपर्ने बताएका छन्। ‘फुटबलको भविष्यप्रति साँच्चिकै चिन्ता गर्ने र आर्थिक स्वार्थबाट प्रेरित नहुने मानिसहरू छन्। त्यस्तो व्यक्ति अध्यक्ष बनेमा ठूलो सुधार हुनेछ,’ उनले भने।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफए इन्फान्टिनोका आलोचकहरूमध्ये अगाडि छ। यूईएफएले पटकपटक उनको राजीनामा माग गरेको छ। एफएफई योजनासँग सम्बन्धित कागजात सार्वजनिक गराउन अमेरिकाका तीनवटा अदालतमा दाबी पेस गर्नुका साथै इन्फान्टिनोविरुद्ध आपराधिक कानुनी प्रक्रिया अघि बढाउने तयारीसमेत गरेको छ।

फिफा अध्यक्ष निर्वाचनमा इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिनेले आधिकारिक रूपमा नाम दर्ता गराउने समयसीमा बुधबारसम्म छ। यसअघि आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा विचार गरिरहेका थिए। तर, बीबीसी स्पोर्ट्सका स्रोतका अनुसार उनले उम्मेदवारी नदिने निर्णय गरेका छन्। यूईएफएले भने समयसीमा सकिनुअघि वैकल्पिक उम्मेदवार खोज्ने प्रयास जारी राखेको छ।

टोटनहमका पूर्वडिफेन्डर रामोन भेगा अक्टोबरमै उम्मेदवारी घोषणा गर्ने पहिलो व्यक्ति बनेका थिए। जापान फुटबल संघका मानार्थ अध्यक्ष कोजो तासिमाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १६ वर्ष खेलेपछि राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्। लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीबाट १३५ खेल खेल्दै ९४ गोल गरेका छन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन्। उनीभन्दा अघि सुनिल ...
: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिकता, प्रतिस्पर्धा र लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याएको छ। आठ फ्रेन्चाइज टोलीको सहभागिता, विश्व क्रिकेटका चर्चित खेलाडीको उपस्थिति, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, बढ्दो पुरस्कार राशि र दर्शकको आकर्षणले यसपटकको एनपीएललाई थप चर्चित बनाएको छ। कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको लिग चरणका खेल सम्पन्न ...
। स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए। सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको जानकारी दिएको हो । सुदूरका अर्का स्कटिश खेलाडी ब्रान्डन म्याकमुलेन भने फर्किसकेका छन् । ओपनिङ ब्याटर मन्से स्कटल्यान्डका भरपर्दा सीमित ओभरका खेलाडी हुन्। उनले ...
। आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को छनोट प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। सन् २०२८ को पहिलो त्रैमासिकमा आयोजना हुने ग्लोबल छनोटबाट आठ टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन्। छनोट प्रतियोगितामा चार समूहमा चार–चार टोली रहनेछन्। समूह चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल हुनेछन्। प्रतियोगितामा कुल ३१ खेल खेलाइनेछ। आठ टोलीको छनोटमा क्षेत्रीय प्रतिनिधित्वलाई प्राथमिकता दिइनेछ। ...
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ। यसअघि लगातार तीन संस्करणमा प्रयोग गरिएको सुपर सिक्सको संरचना हटाउँदै आईसीसीले आगामी छनोट प्रतियोगिता नयाँ ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको हो। आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। उनीहरूलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। दुवै ...