मुख्य समाचार
विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ

: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आइतबार काठमाडौं आएका चीनको ग्वाङ्दोङका ४२ वर्षीय चिनिायँ नागरिकलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो।उनको पासपोर्ट नम्बर (ER7281701) रहेको छ।

शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा बेरेर लुकाइराखेको अवस्थामा दुई थान पहेंलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

भन्सार छली अवैध रूपमा लैजान खोजिएको उक्त पदार्थ बरामद गरी उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ । कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्‍याएको हो । विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण ...
: कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६, चान्देउबाट खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१६ का २५ वर्षीय डेभिड चौधरी र सोही ठाउँका ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन्। प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनसहित ...
। पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार सनक र लहडका भरमा चलिरहेको आरोप लगाएका छन्। बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै थापाले वर्तमान सरकार विधिमा नचलेको टिप्पणी गरे। ‘यो सरकारले ढंगले काम गरिहेको छ? विधिमा काम गरिरहेको छ?’ सम्बोधनका क्रममा थापाले भने ‘छैन, यो सरकार सनकका भरमा चलिरहेको छ। लहडका भरमा ...
: रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ। रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई ...