: प्रहरी महानिरीक्षक (आईजीपी) डा.मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्ने बताएका छन्।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान :प्रमाण सङ्कलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशालाको उद्घाटन गर्दै आईजीपी केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगले नयाँ चुनौती सिर्जना गरेको बताए।
उनले वित्तीय अपराध नियन्त्रणका लागि सरकारी निकाय,नियामक संस्था,बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकबीच समन्वय,सहकार्य र सूचनाको प्रभावकारी आदानप्रदान आवश्यक रहेकोमा जोड दिए।
सोही अवसरमा प्रहरी महानिरीक्षक केसीले 'नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३' पुस्तकसमेत लोकार्पण गरेका थिए।