मुख्य समाचार
बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते
बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते

। सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको छ ।

अन्य पाँच जना घाइतेहरुको विवरण लिने कार्य तथा दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


घाइतेहरूको विवरण:

१. चालक जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०८ बस्ने दीपक कुमार दास

२. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०७ बस्ने १७ वर्षीया रानी कुमारी मण्डल

३. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १४ वर्षीय पियुष गोहित

४. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १५ वर्षीय आयुष गोहित

५. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १२ वर्षीया रुबी गोहित

६. जिल्ला ललितपुर भैँसेपाटी बस्ने ३६ वर्षीया प्रियाङ्का साह

७. प्रियाङ्का साहकी १६ वर्षीया छोरी जेनी साह

८. प्रियाङ्का साहकी ११ वर्षीया छोरी सफलता साह

९. प्रियाङ्का साहकी ३ वर्षीया छोरी ओमी साह

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाराको निजगढ नगरपालिका–११ रतनपुरमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हबी नगरपालिका–७ दोधर्पाका २४ वर्षीय राहुल सहनी रहेका छन् । रतनपुरबाट कोल्हबीतर्फ आउँदै गरेको म.प्र.०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटना हुँदा पछाडि सवार सहनी घाइते भएका थिए । उनको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको ...
। नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार, भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा आजको बैठकमा छलफल भएको थियो । भेलामा अध्यक्ष केपी ...
: छठघाटमा चर्को स्वरमा डीजे बजाएर होडबाजी गर्ने ५ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १७ केहुनिया र वडा नम्बर १९ बर्वास्थित तिलावे नदीको दुवै किनारमा बनाइएका छुट्टाछुट्टै छठघाटमा गत आइतबार साँझ चर्को स्वरमा डीजे बजाएर होडबाजी गरिएको थियो। सोही घटनामा संलग्न ५ जना युवकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ ...
: महिला,बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)(पहिलो संशोधन) विधेयक,२०८३ ल्याएको जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले स्वदेश वा विदेशमा कसूरको आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउने र दण्ड सजायको ...
: प्रहरी महानिरीक्षक (आईजीपी) डा.मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्ने बताएका छन्। अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान :प्रमाण सङ्कलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशालाको उद्घाटन गर्दै आईजीपी केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगले नयाँ चुनौती ...