मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

: बाराको निजगढ नगरपालिका–११ रतनपुरमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हबी नगरपालिका–७ दोधर्पाका २४ वर्षीय राहुल सहनी रहेका छन् ।

रतनपुरबाट कोल्हबीतर्फ आउँदै गरेको म.प्र.०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटना हुँदा पछाडि सवार सहनी घाइते भएका थिए । उनको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

छातिमा चोट लागेका उनलाई निजगढस्थित सामुदायिक अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लगिएको थियो । अस्पताल पुगेको केही समयपछि उनको मृत्यु भएको हो ।

यता दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय जंगी सहनी घाइते भएका छन् । सामान्य घाइते सहनीलाई इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार, भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा आजको बैठकमा छलफल भएको थियो । भेलामा अध्यक्ष केपी ...
: छठघाटमा चर्को स्वरमा डीजे बजाएर होडबाजी गर्ने ५ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १७ केहुनिया र वडा नम्बर १९ बर्वास्थित तिलावे नदीको दुवै किनारमा बनाइएका छुट्टाछुट्टै छठघाटमा गत आइतबार साँझ चर्को स्वरमा डीजे बजाएर होडबाजी गरिएको थियो। सोही घटनामा संलग्न ५ जना युवकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ ...
। सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । ...
: महिला,बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)(पहिलो संशोधन) विधेयक,२०८३ ल्याएको जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले स्वदेश वा विदेशमा कसूरको आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउने र दण्ड सजायको ...
: प्रहरी महानिरीक्षक (आईजीपी) डा.मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्ने बताएका छन्। अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान :प्रमाण सङ्कलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशालाको उद्घाटन गर्दै आईजीपी केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगले नयाँ चुनौती ...