मुख्य समाचार
आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन
आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन

: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

मगंलबार काठमाडौँमा अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे। उनले आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै नहुने भएकाले अति भएपछि तत्कालै पनि हुन सक्ने टिप्पणी गरे।

आतंकपूर्ण वातावरण र क्रियाकलापले आफूहरू पछाडि धकेलिएको भए पनि सधैँ एकै प्रकारको आतंक कायम नरहने बताउँदै आत्मविश्वास र मनोबलका साथ अगाडि बढ्ने बताए। अध्यक्ष ओलीले चुनावको माध्यमबाट पार्टी सिध्याउन वा कमजोर बनाउन खोज्नेहरूका विरुद्ध आगामी चुनावमा जित हासिल गर्न पार्टी अगाडि बढ्ने उल्लेख गरे। त्यस्तै, उनले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति असन्तुष्टि व्यक्त गरे। अघिपछि हतारिएर फैसला गर्ने अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा अहिलेसम्म फैसला गर्न नसकेको उनको भनाइ छ।

समयमा न्याय प्राप्त नहुनु र ढिला प्राप्त हुनु भनेको न्याय नपाउनुजस्तै भए पनि अदालतका विषयमा थप नबोल्ने धारणा ओलीले राखे। अदालतका बारेमा धेरै बोल्दा आफूमाथि मानहानिको मुद्दा थपिन सक्ने उनले बताए।

अध्यक्ष ओलीले जुनसुकै परिस्थिति आए पनि पार्टी फेरि उठ्ने, पुनर्गठन हुने र अगाडि बढ्ने दृढता व्यक्त गरे। आगामी दिनमा जनताको घरदैलोमा पुग्ने, किसान र नागरिकसँग संवाद गर्ने तथा पार्टीलाई अझ बढी सशक्त बनाएर देशको निर्णायक राजनीतिक एवं लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने काममा जुट्न उनले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा वीरगन्जको बालसुधार गृहबाट फरार भएका कैदी पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ मा घर भएका २२ वर्षीय युवक अप्राकृतिक मैथुन र कर्तव्य ज्यान मुद्दामा अदालतबाट १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए । सजाय भुक्तानीका लागि वीरगन्जको बाल सुधार गृहमा रहेका ती ...
: नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक देखिएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पहिलोपटक यो चरा अभिलेख हुनु यहाँको जैविक विविधताका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख वा जानकारी थिएन। ठाडादह क्षेत्रमा यसको उपस्थिति पुष्टि ...
। साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढ्ने भएको छ । संगठित अपराध र सम्पत्ति सम्बन्धी कसुरको अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एउटा टिम नै गठन गरेको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार डीएसपीको नेतृत्वमा एउटा टिम नै गठन गरेर ...
। काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा लिइएको छ । चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा हानेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रबिन विष्टका अनुसार ...
: बाराको निजगढ नगरपालिका–११ रतनपुरमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हबी नगरपालिका–७ दोधर्पाका २४ वर्षीय राहुल सहनी रहेका छन् । रतनपुरबाट कोल्हबीतर्फ आउँदै गरेको म.प्र.०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटना हुँदा पछाडि सवार सहनी घाइते भएका थिए । उनको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको ...