मुख्य समाचार
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालकै दुर्लभ चरा ‘काँडे भ्याकुर’
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालकै दुर्लभ चरा ‘काँडे भ्याकुर’

: नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक देखिएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पहिलोपटक यो चरा अभिलेख हुनु यहाँको जैविक विविधताका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख वा जानकारी थिएन। ठाडादह क्षेत्रमा यसको उपस्थिति पुष्टि हुनुले अर्घाखाँचीको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराहरूको विविधता थप उजागर गरेको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी केसर खड्काले नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने काँडे भ्याकुर ठाडादह क्षेत्रमा देखिनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यसअघि दक्षिणखाँची क्षेत्रमा यो प्रजाति अभिलेख भएको जानकारी थिएन।

अंग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुर नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ। यसको वैज्ञानिक नाम ब्अबलतजयउतष्बि लष्उबभिलकष्क हो । नेपालमा मात्र पाइने यो चरा विश्वकै दृष्टिले पनि विशेष महत्व राख्ने प्रजातिमध्ये एक हो। काँडे भ्याकुर सामान्यतया घना झाडी, वनका झाडीदार क्षेत्र तथा प्राकृतिक वनस्पतिले ढाकिएका स्थानमा बसोबास गर्ने लजालु स्वभावको चरा हो। झाडीभित्र लुकेर बस्ने यसको स्वभावका कारण यसलाई सहजै देख्न कठिन हुन्छ। त्यसैले नयाँ क्षेत्रमा यसको उपस्थिति देखिनु पक्षी अध्ययन र जैविक विविधताको अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिन्छ।

प्राकृतिक सुन्दरता र जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिने शितगंगा नगरपालिका–ठाडादह क्षेत्रमा काँडे भ्याकुर देखिनुले यस क्षेत्रको पर्यावरणीय महत्वलाई थप उजागर गरेको छ। यहाँका वन, झाडी तथा प्राकृतिक बासस्थानमा विभिन्न प्रजातिका चराहरूको उपस्थिति हुन सक्ने सम्भावनालाई समेत यसले संकेत गरेको छ।

नेपालका लागि विशेष महत्व राख्ने यस्तो दुर्लभ चराको संरक्षणका लागि यसको प्राकृतिक बासस्थान जोगाउनु आवश्यक छ। वन विनाश, झाडी तथा प्राकृतिक वनस्पतिको विनाश र मानवीय गतिविधिले यस्ता चराको बासस्थानमा असर पार्न सक्ने भएकाले संरक्षणमा विशेष ध्यान दिनुपर्ने डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी खड्काको भनाई छ।

ठाडादह क्षेत्रमा काँडे भ्याकुर देखिनु केवल एउटा दुर्लभ चराको उपस्थितिको विषय मात्र नभई अर्घाखाँचीको प्राकृतिक सम्पदा र जैविक विविधताको पहिचानसँग जोडिएको विषय पनि हो। यसले जिल्लामा पक्षी अवलोकन, अनुसन्धान तथा पर्यापर्यटनको सम्भावनालाई समेत थप उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । १ ...
। वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर बेचबिखन तथा शोषणमा पारिएका नेपालीको उद्धार र विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको विषय संसदीय समितिमा उठेको छ । सांसदहरूले सरकारी निकायबीच समन्वय अभाव, झन्झटिलो प्रशासनिक प्रक्रिया र कानुनी अस्पष्टताका कारण पीडित तथा तिनका परिवारले थप सास्ती भोग्नुपरेको भन्दै यो विषय उठाएका हुन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला ...
: मानेभञ्ज्याङ गाउँपालिका-७, टोकसेलमा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको माग गर्दै सुरु भएको आमरण अनसन पाँचबुँदे सहमतिसँगै स्थगित भएको छ। वर्षौंदेखि जग्गा उपलब्ध गराइए पनि राज्यको बेवास्ताका कारण अस्पताल निर्माणको काम अघि नबढेको भन्दै स्थानीय स्तरमा चर्को असन्तुष्टि देखिएको थियो। यसअघि स्थानीय बासिन्दाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै निर्वाचन समेत बहिष्कार गरेका थिए। विगतमा भएको ...
। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको आन्तरिक विवादमा तटस्थ बसेका नेताहरूलाई आफ्नो मत स्पष्ट पार्न आग्रह गरेका छन् । मंगलबार पूर्वसभापति शेरबहादुर देउवा पक्षधरको मोरङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सिटौलाले पार्टी र घरभित्र विवाद हुँदा तटस्थताले कतै पनि पार नलाग्ने बताउँदै तटस्थ बसेका नेताहरूबाट सक्रियता र साथ आवश्यक रहेको बताएका हुन् । सिटौलाले भाषणका क्रममा कसैको ...
: जेनजी आन्दोलनका क्रममा वीरगन्जको बालसुधार गृहबाट फरार भएका कैदी पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ मा घर भएका २२ वर्षीय युवक अप्राकृतिक मैथुन र कर्तव्य ज्यान मुद्दामा अदालतबाट १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए । सजाय भुक्तानीका लागि वीरगन्जको बाल सुधार गृहमा रहेका ती ...