मुख्य समाचार
क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति
क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति

। क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो ।

कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा राखिएको सुँगुरको मासु, माछा र समुद्री खाद्यवस्तु समावेश छन् । त्यसको बदलामा क्यानाडाले चिनियाँ स्टिल र आल्मुनियमका केही उत्पादनमा दिइएको भन्सार छुट दुई वर्ष थप्नेछ ।

अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउन खोजिरहेका कार्नीले सन् २०३० सम्म चीनतर्फको निर्यात ५० प्रतिशतले बढाउने लक्ष्य निर्धारित समयभन्दा अगाडि नै पूरा हुने बताएका छन्। चिनियाँ राष्ट्रपति सीले पनि दुई देशबीचको सम्बन्ध सुधारले दुवै देशको हित र विश्वको स्थिरता तथा समृद्धिमा योगदान पुग्ने बताए।

वर्षौंदेखि कूटनीतिक तनाव र भन्सार शुल्क विवादमा रहेका दुई देशबीच सम्बन्ध सुधारको प्रयास भइरहेको छ । सन् २०१८ मा क्यानाडाले अमेरिकी पक्राउ पुर्जीका आधारमा हुवावेका संस्थापककी छोरीलाई पक्राउ गरेपछि चीनले दुई क्यानाडेली नागरिकलाई हिरासतमा लिएको थियो । त्यसपछि दुवै देशले एकअर्काका निर्यातमा शुल्क लगाएका थिए ।


यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटोमोबाइल क्षेत्रमा दण्डात्मक शुल्क लगाएका थिए। कार्नी गत अगस्टमा अमेरिकासँगको व्यापार वार्ताबाट बाहिरिएको भए पनि पछिल्लो समय दुवै देशबीच सम्झौताको सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन भएको छ । नोभेम्बर १५ र १६ मा प्रदर्शनकारीले ट्रम्पको भ्रमण, इरान युद्ध र अमेरिकी नेतृत्वको प्याक्स सिलिका परियोजनाको विरोध गर्दै जुलुस निकालेका हुन् । नोभेम्बर १५ मा ४९औँ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलन सुरु भएकै दिन सयौँ प्रदर्शनकारी सम्मेलनस्थलतर्फ अघि बढेका थिए । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी आसियान शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा आक्रमण भए इरानले अहिलेसम्म कुनै पनि देशले भोग्न नपरेको मूल्य चुकाउनुपर्ने ...
। युरोपका पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने भएका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रिस र नेदरल्यान्ड्सले रुवान्डामा ‘रिटर्न हब’ स्थापना गर्ने घोषणा गरेका हुन् । यसलाई सन् २०२७ देखि सञ्चालनमा ल्याउने र पहिलो चरणमा एक सय आप्रवासीलाई त्यहाँ पठाइने बीबीसीले जनाएको छ । कूटनीतिक स्रोतलाई उद्धृत गर्दै ...
। अमेरिकाका प्रमुख बैंकहरूमा प्राविधिक समस्या आउँदा हजारौं ग्राहकहरु समस्यामा परेका छन् । जेपी मोर्गन चेज, वेल्स फार्गो र बैंक अफ अमेरिकाका हजारौं ग्राहकहरुले सोमबार बैंकिङ सेवा प्रयोग गर्न समस्या भोगेको गुनासो गरेका छन् । अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्था चेज बैंकले आफ्नो हार्डवेयर प्रणालीमा देखिएको ‘सफ्टवेयर बग’ का कारण समस्या उत्पन्न भएको हुनसक्ने जनाएको छ ...
: पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका छन्। उनले आफ्नी श्रीमती बुशरा बीबीको स्वास्थ्य अवस्था पनि बिग्रिएको उल्लेख गर्दै दुवैलाई उचित उपचार उपलब्ध गराउन पाकिस्तानका तीन प्रमुख अदालतका प्रधानन्यायाधीशहरूसँग अपिल गरेका हुन्। इमरानले सोमबार संघीय संवैधानिक अदालत, सर्वोच्च ...