मुख्य समाचार
जय नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई पार्टीमा सम्पर्क गर्न आह्वान
जय नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई पार्टीमा सम्पर्क गर्न आह्वान

। डा.धवलशमशेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई पार्टीमा सम्पर्क गर्न आह्वान गरेको छ ।

केन्द्रीय समितिको बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने पनि निर्णय गरेको छ ।

संविधान संशोधनका लागि पार्टीले सार्वजनिक गरेको ८ बुँदे संकल्पहरूलाई जनतामाझ लाने निर्णय जय नेपाल पार्टीले गरेको छ । बैठकले जिल्ला समिति गठन प्रक्रियालाई सुचारु गर्ने, गठन हुन बाँकी रहेका जिल्लाहरूमा गठन प्रक्रिया तीव्र रूपमा अघि बढाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय सदस्य थप गर्ने निर्णय समेत गरिएको छ । केन्द्रीय सदस्यमा नरेशकुमार राई (मोरङ), केशव पाण्डे (उदयपुर) र युवराजा राना (गुल्मी) मनोनित गरिएको छ ।


सम्मानित सल्लाहकार समितिमा देवेन्द्र पौडेल (बाँके), टीका उप्रेती (मोरङ), राजकुमार कार्की (मोरङ) र कमल राज विष्ट (चितवन) लाई मनोनीत गरिएको छ । कोशी इन्चार्जमा सुरेश प्रसाद आचार्य र संयोजकमा नरेशकुमार राईलाई मनोनीत गरिएको छ ।

स्थानीय तहका उम्मेदवार गैरदलीय बनाउने विषयमा जनस्तरका राय संकलन गर्ने निर्णय गरिएको छ ।

१५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न प्रदेश तहका इन्चार्ज र संयोजकहरूलाई जिम्मेवारी प्रदान गरिएको सचिवालय प्रमुख सगुन लावतीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबानाका कारण लामो समयदेखि थिचिएका करदातालाई ठूलो आट गरेर स्किम ल्याएको भन्दै त्यसबाट फाइदा उठाउन आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बजेट मार्फत ल्याएका यस्ता स्किमको चर्चा र प्रचार नै हुन नसकेको गुनासो समेत गरे । इमानदारीपूर्वक सरकारले ठूलो आट गरेर यस्तो स्किम ल्याएको बताउँदै ...
। अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य रहेको प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले बताएका छन् । अपराध अनुसन्धान विभागको ७१औं स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाट गर्दै आईजीपी केसीले भने, ‘ वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर जबर्जस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’माथिको छलफलमा उनले यस्तो बताएकी हुन् । ‘हामी मानव बेचबिखनलाई अझै परम्परागत दृष्टिकोणबाट हेरिराखेका छौँ । ...
। सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । मंगलबार राति १ बजेको समयमा श्रीमान्–श्रीमतीबीच विवाद हुँदा ४२ वर्षीय श्रीमान मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीलाई लोहोरो प्रहार गरेको प्रहरीले बताएको छ । लोहोरोले टाउकामा लाग्दा उनको मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला ...
। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले उपद्रवकारीहरूले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरे । जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको निष्पक्ष छानविन हुन नसकेको समेत ...