मुख्य समाचार
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक जेन्सेन हुआङले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्न तयार
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक जेन्सेन हुआङले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्न तयार

: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक जेन्सेन हुआङले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन् ।

व्यक्तिगत जीवनसँग जोडिएको विवाद सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका हुआङले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै आफूबाट गम्भीर गल्ती भएको स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्ना गल्तीप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

हुआङका अनुसार कम्पनीका कर्मचारी, लगानीकर्ता तथा अन्य व्यक्तिहरूले उनलाई पुनः नेतृत्वमा फर्किन आग्रह गरिरहेका छन् । कम्पनीले प्रविधि, बजार प्रतिस्पर्धा र भूराजनीतिक चुनौती सामना गरिरहेका बेला आफूलाई धेरैले सम्पर्क गरेको उनले बताएका छन् ।

उनले कम्पनीको सञ्चालक समितिले सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा आफ्नो पुनरागमन उचित ठानेमा सीईओका रूपमा फर्किन सम्मानित महसुस गर्ने बताएका छन् ।

तर, एनभिडियाको सञ्चालक समितिले उनलाई पुनः सीईओ बनाउने विषयमा विचार नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हुआङको आचरण र कम्पनीकै एक उच्च अधिकारीसँगको कथित सम्बन्धबारे समितिले अनुसन्धान गरिरहेको छ ।

यसका साथै चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक महिलासँगको कथित सम्बन्धलाई लिएर पनि उनीमाथि प्रश्न उठाउने तयारी भइरहेको छ । अमेरिकी सांसदका विभिन्न समितिले आगामी साताहरूमा उनलाई सोधपुछ गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, एनभिडियाका ठूला लगानीकर्ता ब्राड गर्स्टनरले हुआङको पुनरागमनसम्बन्धी आफ्नो भनाइलाई गलत रूपमा बुझिएको बताएका छन् । उनले हुआङमाथिको अनुसन्धान पूरा हुनुपर्ने र कानुनभन्दा माथि कोही पनि नरहेको स्पष्ट पारेका छन् ।

एनभिडिया पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका लागि आवश्यक चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक बनेको छ । कम्पनीको नेतृत्व र हुआङसँग जोडिएको विवादले प्रविधि क्षेत्रमा चासो बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युक्रेनले रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपलाई रुससँग जोड्ने रणनीतिक महत्त्वको क्रिमिया पुलमा भीषण आक्रमण गरेको छ । युक्रेनी मिसाइल र ड्रोनको योजनाबद्ध आक्रमणबाट पुलको मुख्य सडक खण्डको विशाल आर्च भत्किएर समुद्रमा खसेको छ । करिब १२ माइल लामो उक्त पुल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिष्ठित परियोजनाका रूपमा चिनिँदै आएको थियो । सन् २०१८ मा पुटिन ...
: न्युजिल्यान्ड सरकारले वर्क भिसा (काम गर्नका लागि दिइने भिसा)मा कडाइ गर्ने भएको छ । अध्यागमन कर्मचारीबाट वर्क भिसा जारी गर्दा केही गम्भीर तथा महत्त्वपूर्ण जोखिमका विषयमा ध्यान नपुगेको र त्यसले समस्या निम्त्याएको भन्दै आगामी दिनमा त्यस्ता महत्त्वपूर्ण विषयमा थप सजग भएर अध्यान गरेपछि मात्र भिसा जारी गर्न भनेको छ । न्युजिल्यान्ड इमिग्रेसन हालै गरिएको ...
। क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो । कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन भएको छ । नोभेम्बर १५ र १६ मा प्रदर्शनकारीले ट्रम्पको भ्रमण, इरान युद्ध र अमेरिकी नेतृत्वको प्याक्स सिलिका परियोजनाको विरोध गर्दै जुलुस निकालेका हुन् । नोभेम्बर १५ मा ४९औँ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलन सुरु भएकै दिन सयौँ प्रदर्शनकारी सम्मेलनस्थलतर्फ अघि बढेका थिए । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी आसियान शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा आक्रमण भए इरानले अहिलेसम्म कुनै पनि देशले भोग्न नपरेको मूल्य चुकाउनुपर्ने ...