मुख्य समाचार
कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति
कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति

। कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ ।

भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यस करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यसका लागि तीनवटा ठेक्काको बोलपत्र मूल्याङ्कन गरी निर्माण व्यवसायी छनोटको काम सुरु भएको छ । उत्तरी खण्डअन्तर्गत हिल्सा–सिमकोट सडक योजनाका दुईवटा ठेक्काको बोलपत्र स्वीकृत गर्ने तयारीमा रहेको छ ।




लामो समयदेखि बजेट अभाव, बहुवर्षीय ठेक्का स्वीकृति र निर्माण व्यवस्थापनको समस्याले अपेक्षित गति लिन नसकेको कर्णाली करिडोरका दुवै खण्डका योजना पछिल्लो समय अघि बढेका हुन् ।

४१ किलोमिटर सडक तीन खण्डमा कालोपत्रे गरिने


कालिकोटको खुलालु–हुम्लाको सलिसल्ला सडक योजनाअन्तर्गत तीन खण्डमा ४१ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिने भएको छ । खुलालु (चेनेज ०+०००) देखि कोट (१३+०००) सम्म १३ किलोमिटर, भुक्का खोला (४५+०००) देखि पिलिचौर (६०+०००) सम्म १५ किलोमिटर र तुम्चा (११०+०००) देखि सलिसल्ला (१२३+०००) सम्म १३ किलोमिटर सडक निर्माण गरिनेछ ।

योजना कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार खुलालु–कोट खण्डका लागि यती बिल्डर्स प्रालि, ललितपुर, भुक्का खोला–पिलिचौर खण्डका लागि लामा–सुनकोशी जेभी, काठमाडौं र तुम्चा–सलिसल्ला खण्डका लागि प्यासिफिक इन्जिनियरिङ कम्पनी प्रालि, काठमाडौंको बोलपत्र सारभूतरूपमा प्रभावग्राही र न्यूनतम मूल्याङ्कित ठहरिएको छ ।

तीनवटै खण्डको ठेक्कामा सडक संरचना निर्माण, रिजिड पेभमेन्ट, डीबीएसडी कालोपत्रे, ट्राफिक सुरक्षा तथा जैविक इन्जिनियरिङका काम समावेश छन् । बोलपत्रदाताले पेस गरेको रकमको अन्तिम यकिन र सम्झौता भने हुन बाँकी छ ।

उत्तरी खण्डमा पनि दुई ठेक्काको प्रक्रिया अघि

उत्तरी खण्डतर्फ उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, हुम्लाको सिमकोटस्थित कार्यालयका अनुसार दिव्यज्योति कन्स्ट्रक्सन प्रालि, धादिङ र एसकेसीपीएल/बीएनटी/बागमती जेभी, काठमाडौंको बोलपत्र स्वीकृत गर्ने आशय सार्वजनिक भएको छ ।

५०५ किलोमिटर लामो करिडोर, दुई खण्डमा विभाजन

कर्णाली करिडोर भारतको जमुनाहा नाकादेखि नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दैलेख, कालिकोट, बाजुरा हुँदै हुम्लाको सिमकोट भएर चीनसँगको सीमा हिल्सासम्म पुग्छ ।

करिडोरको कूल लम्बाइ ५०५ किलोमिटर रहे पनि खुलालुदेखि हिल्सासम्मको मुख्य सडक आयोजना २६९ किलोमिटरको छ । यसलाई दुई खण्डमा विभाजन गरिएको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १२३ किलोमिटर दक्षिण खण्ड हो भने सलिसल्लादेखि सिमकोट हुँदै हिल्सासम्मको १४६ किलोमिटर उत्तरी खण्ड रहेको योजना प्रमुख बेलबहादुर नेपालीले बताए ।

विशेषगरी हुम्लावासीले खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा भोग्दै आएको कठिनाइ कम गर्न सडकले महत्वपूर्ण भूमिका खेल्न सक्ने छ । सडक सञ्चालनमा आएपछि रारा, हुम्लाका पर्यटकीय गन्तव्यसम्मको यात्रा सहज हुनेछ भने स्थानीय कृषि उत्पादन र जडीबुटीको बजारीकरण तथा व्यापारिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बताए ।

हिल्सा नाकामार्फत चीनसँगको व्यापारिक सम्पर्क विस्तार गर्ने सम्भावना पनि यस करिडोरसँग जोडिएको छ । कोहलपुरमा एसियन हाइवे सञ्जालसँग जोडिने भएकाले यो मार्ग भारत र चीनबीचको व्यापारिक आवागमनका लागि समेत रणनीतिक महत्वको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुगुमा भएको गाडी दुर्घटनाका घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । रारा ताल जाने क्रममा आइतबार मुगुको छायानाथ नगरपालिका–७, टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी ...
। आँखाको ज्योति कमजोर हुँदै गएपछि उपचारका लागि सहर धाउनुपर्ने बाध्यता अब मिक्लाजुङका नागरिकलाई केही हदसम्म हट्ने भएको छ। गाउँमै विशेषज्ञ चिकित्सकबाट आँखाको परीक्षणदेखि मोतियाबिन्दुको शल्यक्रियासम्मको सेवा उपलब्ध गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिकामा बृहत् आँखा शिविर सञ्चालन गरिएको हो। वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको नेतृत्वमा संचालन भैरहेको शिविरमा मोतियाबिन्दुको शल्यक्रियासहित विभिन्न आँखासम्बन्धी रोगको परीक्षण तथा उपचार ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान एवं संरक्षणमा फाल्गुनन्दले पुर्‍याएको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्। महागुरु फाल्गुनन्दले देखाएको सत्य, अहिंसा, समानता, सदाचार र ...
: परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा सोमबारबाट सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीघीय सम्मेलन (कोप-३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन्। नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो। पभेलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली ...
। रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले जानकारी दिए। अभियानअन्तर्गत रोटरी क्लब अफ मध्यपुरले चापाचो–थिमीमा, रोटरी क्लब अफ दाङले कौशी क्याफेमा तथा रोटरी क्लब अफ ...