मुख्य समाचार
युक्रेनले रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपलाई रुससँग जोड्ने रणनीतिक महत्त्वको क्रिमिया पुलमा भीषण आक्रमण
युक्रेनले रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपलाई रुससँग जोड्ने रणनीतिक महत्त्वको क्रिमिया पुलमा भीषण आक्रमण

: युक्रेनले रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपलाई रुससँग जोड्ने रणनीतिक महत्त्वको क्रिमिया पुलमा भीषण आक्रमण गरेको छ । युक्रेनी मिसाइल र ड्रोनको योजनाबद्ध आक्रमणबाट पुलको मुख्य सडक खण्डको विशाल आर्च भत्किएर समुद्रमा खसेको छ ।

करिब १२ माइल लामो उक्त पुल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिष्ठित परियोजनाका रूपमा चिनिँदै आएको थियो । सन् २०१८ मा पुटिन आफैँले ट्रक चलाएर उद्घाटन गरेको यो पुल रुसका लागि क्रिमियामाथिको नियन्त्रणको प्रतीकसमेत थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार यो आक्रमण सात चरणमा गरिएको थियो । आक्रमणअघि युक्रेनी सेनाले कैयौँ सातासम्म रुसका हवाई प्रतिरक्षा प्रणाली, राडार, इलेक्ट्रोनिक युद्ध प्रणाली तथा अन्य सैन्य संरचनालाई निशाना बनाएको थियो । त्यसपछि ड्रोन र विभिन्न प्रकारका लामो दूरीका मिसाइल प्रयोग गरी पुलमा अन्तिम प्रहार गरिएको उनले बताएका छन् ।

नोभेम्बर १६ को राति पनि पुलमा ड्रोन आक्रमण भएको थियो । त्यसको भोलिपल्ट नोभेम्बर १७ को बिहान गरिएको अन्तिम आक्रमणपछि पुलको सडक खण्डको करिब २०० मिटर भाग समुद्रमा खसेको बताइएको छ । पुलको अर्को रेलमार्ग खण्ड भने पूर्ण रूपमा भत्किएको छैन । आक्रमणपछि केही समय सडक तथा रेल यातायात बन्द गरिएको थियो भने पछि रेल सेवा पुनः सञ्चालन गरिएको थियो ।

यो पुल रुसका लागि सैन्य सामग्री, हतियार, इन्धन तथा सैनिक ओसारपसार गर्ने महत्त्वपूर्ण मार्ग हो । पुलमा भएको क्षतिले क्रिमियामा रहेका रुसी सैन्य संरचनाको आपूर्ति व्यवस्थामा गम्भीर असर पार्न सक्ने आकलन गरिएको छ । यद्यपि रुससँग अर्को स्थलमार्ग र समुद्री फेरीको विकल्प पनि छ ।

संरचनागत क्षति निकै गम्भीर रहेको विज्ञहरूले बताएका छन् । पुलको सडक यातायात पूर्ण रूपमा पुनः सञ्चालन गर्न एक वर्षभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुल पुनर्निर्माण गरिने र पहिलेभन्दा अझ राम्रो बनाइने बताएका छन् । सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि निर्माण गरिएको यो पुल मस्कोको शक्ति र क्रिमियामाथिको नियन्त्रणको प्रमुख प्रतीक मानिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक जेन्सेन हुआङले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन् । व्यक्तिगत जीवनसँग जोडिएको विवाद सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका हुआङले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै आफूबाट गम्भीर गल्ती भएको स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्ना गल्तीप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । हुआङका ...
: न्युजिल्यान्ड सरकारले वर्क भिसा (काम गर्नका लागि दिइने भिसा)मा कडाइ गर्ने भएको छ । अध्यागमन कर्मचारीबाट वर्क भिसा जारी गर्दा केही गम्भीर तथा महत्त्वपूर्ण जोखिमका विषयमा ध्यान नपुगेको र त्यसले समस्या निम्त्याएको भन्दै आगामी दिनमा त्यस्ता महत्त्वपूर्ण विषयमा थप सजग भएर अध्यान गरेपछि मात्र भिसा जारी गर्न भनेको छ । न्युजिल्यान्ड इमिग्रेसन हालै गरिएको ...
। क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो । कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन भएको छ । नोभेम्बर १५ र १६ मा प्रदर्शनकारीले ट्रम्पको भ्रमण, इरान युद्ध र अमेरिकी नेतृत्वको प्याक्स सिलिका परियोजनाको विरोध गर्दै जुलुस निकालेका हुन् । नोभेम्बर १५ मा ४९औँ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलन सुरु भएकै दिन सयौँ प्रदर्शनकारी सम्मेलनस्थलतर्फ अघि बढेका थिए । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी आसियान शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा आक्रमण भए इरानले अहिलेसम्म कुनै पनि देशले भोग्न नपरेको मूल्य चुकाउनुपर्ने ...