मुख्य समाचार
तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङकाे `ब्रेक थ्रु´ गरिने
तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङकाे `ब्रेक थ्रु´ गरिने

। तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने भएकाे छ ।

सुरुङकाे `ब्रेक थ्रु´ राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

उनकाअनुसार राष्ट्रपति पाैडेल हेलिकप्टरबाट साढे ९ बजे महादेवटार आइपुग्ने तय भएकाे छ ।

मकवानपुरकाे भीमफदी गाउँपालिका-८ बाट बकैया गाउँपालिका-१२ जाेड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ । आज `ब्रेक थ्रु´ हुने उक्त सुरुङको लम्बाइ ३.४४५ किमि रहेकाे छ ।


अर्काेतर्फकाे ३.४८६ किमिकाे सुरुङ गत भदाैमा `ब्रेक थ्रु´ भइसकेकाे छ । फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरूङ निर्माणाधीन छन् ।

नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी कार्यान्वयन गरिरहेको छ । यसमध्ये प्याकेज १, २, ३, ४, ५, ६, ७, ८ (क), ८ (ख), ९ (क), ९ (ख) र १० निर्माणाधीन तथा कार्यान्वयन चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उनको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ । सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा ...
: सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित मिथ्या तथा भ्रामक सूचना प्रकाशन एवं प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार पक्राउ पर्नेमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा रहेका छन्। प्रहरीले पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाता र ...
। रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम गोलीजस्तो देखिने २७ थान गोली बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा मंगलबार उक्त गोली फेला पारेको हो। गस्ती टोलीले कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेको सेतो ...
: पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जनको मृत्यु भएको जानकारी दिए। उनका अनुसार आज दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुङ्गा खसेको ...
। सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। ‎ ‎स्थानीयका अनुसार विगत तीन दिनदेखि चुरे जंगलबाट बेलुका गाउँ पस्ने र बिहान करिब ९ बजे पुनः जंगल फर्किने गरेको छ। करिब २६ वटा हात्तीको बथान गाउँ प्रवेश गरी खेतीबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य ...