मुख्य समाचार
रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भइरहेको बताए
रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भइरहेको बताए

। कांग्रेसको देउवा पक्षका नेता रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भइरहेको बताएका छन् ।

कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले मिलाउने प्रयत्न गर्दागर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा आफूहरू लागेको बताए ।
‘वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नका निमित्त हामीले वडादेखि संगठन गर्दै संगठित हुँदै यो अवस्थामा पुगेका छौं । आज जिल्ला अधिवेशन हुँदैछ,’ नेता लेखकले भने, ‘हामीले मिलाउने प्रयत्न गर्दा–गर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा लागेका छौं ।’

हरेक तहमा कांग्रेसका दुई वटा समिति बनेको भन्दै उनले पार्टी र समग्र राष्ट्रिय राजनीतिको अवस्था सुखद् नभएको पनि बताए ।


‘पार्टीको आन्तरिक जीवनको कुरा गर्दा पनि प्रतिकूल अवस्था छ भने समग्र राष्ट्रिय अवस्था पनि धेरै सुखद् देखा परेको छैन,’ लेखकले भने, ‘नेपाली कांग्रेसका लागि अहिले विषम् अवस्था छ । हामी अप्ठ्यारो अवस्थामा छौं ।’

पूर्वगृहमन्त्री लेखकले कांग्रेस दुई भइसकेको पनि जिकिर गरे । ‘लुकाउनु–छिपाउनु केही छैन, पार्टी दुई भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको आत्मा, विचार, भावना यहीँ छ ।’

लेखकले कञ्चनपुरका नेता–कार्यकर्ताहरूलाई आत्मबलका साथ अगाडि बढ्न पनि आग्रह गरे । ‘यो नै नेपाली कांग्रेस हो,’ उनले भने, ‘यो आत्मबलको साथ अगाडि बढ्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक जीवनका प्रमुख १४ समस्या औंल्याएका छन्। सङ्गठनात्मक क्षेत्रमा देखिएका ती प्रमुख समस्यालाई समाधानका लागि १४ सुत्रबद्ध सुझावसहित बन्दससत्रमा महासचिव पोखरेलले कार्यपत्र पेश गरेका हुन्। पार्टीको सङ्गठनात्मक संरचना व्यापक र अनुभवी कार्यकर्ताको पङ्क्ति ठूलो भए पनि जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध धेरै ठाउँमा कमजोर बनेको उनले बताए। महासचिव ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा एक किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत त्रिभुवन विमानस्थल अवतरण भएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेका हुन् । विमानस्थलको भन्सार र ...
। आफूलाई गैरकानूनी रूपमा आईजीपी पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतले कार्कीको माग बमोजिम ‘उनलाई किन आईजीपी पदमा पुनर्बहाली नगर्ने ?’ कारण भए पेश गर्नु भनी सरकार लगायत विपक्षीहरूका नाममा आदेश दिएको हो । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा ...
: हरिबोधिनी एकादशी मेलाको अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा श्रीमद्भागवत सप्ताह आयोजना ज्ञान महायज्ञ सुरू भएको छ । मंसिर ८ गतेसम्म चल्ने महायज्ञमा धार्मिक प्रवचन,संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विविध धार्मिक अनुष्ठानहरू सम्पन्न हुने बुढानिलकण्ठ मन्दिर व्यवस्थापन समितिले जनाएको छ । श्रीमद्भागवत सप्ताहमा कांग्रेसका सभापति गगन कुमार थापाले श्रीमद्भागवत महायज्ञको पूर्ण सफलताको कामना गर्दै भागवत ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताएका छन्। एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपश्चात बनेको सरकारको कामबाट सबै क्षेत्रमा निराशा मात्र बढिरहेको बताएका हुन्। ओलीले भने,‘अहिले देश राजनीतिकरुपमा एउटा आतंकको छाँयामुनि,भय र त्रासको वातावरणमा पनि। असंवैधानिक, गैह्रकानुनी क्रियाकलापहरुको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत देश चलिरहेको छ। फाँसिवादतर्फ र दमनकारी प्रतिशोधि ...