। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा एक किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत त्रिभुवन विमानस्थल अवतरण भएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेका हुन् ।
विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका वाङलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि बरामद गरिएको सुनसहित त्रिभुवन विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।