मुख्य समाचार
हरिबोधनी एकादशीका अवसरमा लाग्ने परम्परागत मेला तथा भैलोलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सन्धिखर्क नगरपालिकाले विशेष व्यवस्थापनका निर्णय
हरिबोधनी एकादशीका अवसरमा लाग्ने परम्परागत मेला तथा भैलोलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सन्धिखर्क नगरपालिकाले विशेष व्यवस्थापनका निर्णय

: अर्घाखाँचीको सन्धिखर्कमा हरिबोधनी एकादशीका अवसरमा लाग्ने परम्परागत मेला तथा भैलोलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सन्धिखर्क नगरपालिकाले विशेष व्यवस्थापनका निर्णय गरेको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ अन्तर्गत सन्धिखर्क बजार तथा चुत्राबेँसी बजारमा मेला व्यवस्थापनका लागि मंसिर ४ गते बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म मालवाहक ट्रक, बस, चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइने भएको छ।

नगरपालिकाले सार्वजनिक गरेको निर्णयअनुसार सन्धिखर्क बजार प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनका लागि विभिन्न वैकल्पिक मार्ग र पार्किङ स्थल निर्धारण गरिएको छ। नगरपालिकाले मेलामा व्यापार व्यवसाय गर्ने व्यवसायीसँग कुनै पनि बहानामा शुल्क वा पैसा लिन नपाइने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए। जुवाजन्य खेल तथा चिठ्ठा सञ्चालनमा समेत रोक लगाइएको छ।
त्यस्तै बजार क्षेत्रका फुटपाथ खाली गराई नागरिकलाई आवतजावतमा सहज बनाउने, फुटपाथमा व्यापार व्यवसाय गर्न नदिने तथा स्थानीय कृषि उत्पादन तरकारी, भ्याकुर, सुन्तला र सखरखण्डलगायतका उत्पादनलाई मात्र तोकिएको स्थानमा बिक्री वितरण गर्न दिने व्यवस्था गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

हरिबोधनी एकादशीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई संरक्षण गर्दै मेलामा सहभागी हुने श्रद्धालु, भक्तजन, व्यापारी तथा सर्वसाधारणलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था गरेको नगर उपप्रमुख मिश्रा आचार्यले बतनइन्। नगरपालिकाले मेला अवधिभर तोकिएका नियम पालना गरी सवारी व्यवस्थापन तथा मेला सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी निवासमा सुतिरहेकै अवस्थामा मृत भेटिएका छन्। सुतेकै अवस्थामा अचेत फेला परेका केसीलाई जिल्ला अस्पताल गुल्मीले मृत घोषणा गरेको हो। ५२ वर्षीय केसीको शव प्रहरीले घरपरिवारको जिम्मा लगाएको छ। दाङ स्थायी घर भएका केसी जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए। मंगलबार बिहान ...
। जलवायु परिवर्तनको असरलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्नेमा नेपाली प्रतिनिधिले जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवाकी युवा नेतृ तथा जलवायु क्षेत्रको जानकार स्वाती थापाले नेपालमा जलवायु परिवर्तनले पुराएको असरबारे विश्व समुदायलाई ध्यानाकर्षण गराउँदै संसारको सामु ठूलो चुनौती सृजना भएको पनि बताइन् । ‘जलवायुु परिवर्तनको असर कुुनै एक देश, ...
: नेकपा (एमाले)की सचिव पद्मा अर्यालले देश निर्माण गर्ने मूल पार्टी एमाले नै भएको बताएकी छन्। बुधबारबाट काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलामा सचिव अर्यालले पार्टीलाई अझ बढी सशक्त र बलियो बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखिन्। आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रूपमा तयार रहनुपर्ने उनले ...
। दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार (मंसिर ७) अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो । त्यो दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, कार्कीलाई हटाउने सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल ...
। वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनको नवजात शिशुको मृत्यु भएपछि प्रदर्शन भएको छ । उपचारको क्रममा मंगलबार दिउँसो बाराको कलैया उपमहानगरपालिका–२२ निवासी सन्दीप साहको १८ दिनको छोराको मृत्यु भएको थियो । मृत्युुपछि आफन्त र स्थानीयको प्रदर्शनले अस्पताल तनावग्रस्त बनेको हो । शिशुलाई जण्डिस भएपछि गत शनिबार अस्पताल भर्ना गरिएको थियो । परिवारले अस्पतालका चिकित्सकमाथि ...