मुख्य समाचार
अर्यालले देश निर्माण गर्ने मूल पार्टी एमाले नै भएको बताए
अर्यालले देश निर्माण गर्ने मूल पार्टी एमाले नै भएको बताए

: नेकपा (एमाले)की सचिव पद्मा अर्यालले देश निर्माण गर्ने मूल पार्टी एमाले नै भएको बताएकी छन्। बुधबारबाट काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलामा सचिव अर्यालले पार्टीलाई अझ बढी सशक्त र बलियो बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखिन्।

आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रूपमा तयार रहनुपर्ने उनले बताएकी छन्। उनले पार्टी शक्ति र पङ्क्तिलाई निष्क्रिय हुन नदिई थप बलियो र सक्रिय बनाउनुपर्ने उल्लेख गरिन्। अहिले जनतामा रहेका जिज्ञासा, प्रश्न र आलोचनाहरूलाई पन्छाउने नभई सबै प्रश्नहरूको सामना गर्दै स्पष्ट जवाफ दिन तयार हुनुपर्ने उनको भनाइ छ।

जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूको कुरा सुन्ने र पार्टीसँग जोड्ने कार्यमा कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नुपर्नेमा उनले जोड दिइन्। सचिव अर्यालले गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनबाट लिन सक्ने गरी एकजुट भएर अघि बढ्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउनेसक्ने चुनौतीहरूको सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहनुपर्ने बताएकी छन् । बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलामा बोल्दै सचिव अर्यालले यस्तो बताएकी हुन् । उनले पार्टी शक्ति र पङ्तिलाई निष्क्रिय हुन नदिई त्यसलाई थप बलियो र सक्रिय बनाउँदै आगामी दिनमा आउनसक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण ...
: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित 'बल्थली माउन्टेन रिसोर्ट'बाट प्रहरीले थप ४० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । बुधबार रिसोर्टबाट ३६ जना जापानी र ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन विष्टले जानकारी दिए । पक्राउ परेकाहरूमाथि आवश्यक छानबिन तथा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए। यसअघि मंगलबार ...
। सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्ने बराह ग्रुपका अध्यक्ष पक्राउ परेका छन् । करिब ११ अर्ब रकम अपचलन आरोपमा अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका हुन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी शेखर खनालले लामिछानेलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार लामिछानेलाई कोशी प्रदेशबाट पक्राउ गरिएको हो । ...
: जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी निवासमा सुतिरहेकै अवस्थामा मृत भेटिएका छन्। सुतेकै अवस्थामा अचेत फेला परेका केसीलाई जिल्ला अस्पताल गुल्मीले मृत घोषणा गरेको हो। ५२ वर्षीय केसीको शव प्रहरीले घरपरिवारको जिम्मा लगाएको छ। दाङ स्थायी घर भएका केसी जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए। मंगलबार बिहान ...
। जलवायु परिवर्तनको असरलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्नेमा नेपाली प्रतिनिधिले जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवाकी युवा नेतृ तथा जलवायु क्षेत्रको जानकार स्वाती थापाले नेपालमा जलवायु परिवर्तनले पुराएको असरबारे विश्व समुदायलाई ध्यानाकर्षण गराउँदै संसारको सामु ठूलो चुनौती सृजना भएको पनि बताइन् । ‘जलवायुु परिवर्तनको असर कुुनै एक देश, ...