मुख्य समाचार
'बल्थली माउन्टेन रिसोर्ट'बाट प्रहरीले थप ४० जना विदेशी नागरिकलाई पक्राउ
'बल्थली माउन्टेन रिसोर्ट'बाट प्रहरीले थप ४० जना विदेशी नागरिकलाई पक्राउ

: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित 'बल्थली माउन्टेन रिसोर्ट'बाट प्रहरीले थप ४० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । बुधबार रिसोर्टबाट ३६ जना जापानी र ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन विष्टले जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि आवश्यक छानबिन तथा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए। यसअघि मंगलबार पनि प्रहरीले पाँचखाल नगरपालिका–७ स्थित 'ह्वाइट पार्क रिसोर्ट'बाट ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय जिल्लामा विदेशी नागरिकहरूको शंकास्पद गतिविधिबारे स्थानीयस्तरमा चासो बढेपछि प्रहरीले निगरानी तथा आवश्यक जाँचका लागि उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको नेपाल बसाइको उद्देश्य, प्रवेशाज्ञा (भिसा) लगायतका आवश्यक कागजात र गतिविधिबारे सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेकाहरू बसेको रिसोर्टका दुईवटा कोठाबाट ठूलो परिमाणमा ल्यापटप तथा मोबाइल फोनहरू बरामद गरिएको छ। प्रविधिजन्य उपकरणहरूको विस्तृत जाँच र थप अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट विज्ञसहितको विशेष टोली माग गरिएको डिएसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ...
। नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउनेसक्ने चुनौतीहरूको सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहनुपर्ने बताएकी छन् । बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलामा बोल्दै सचिव अर्यालले यस्तो बताएकी हुन् । उनले पार्टी शक्ति र पङ्तिलाई निष्क्रिय हुन नदिई त्यसलाई थप बलियो र सक्रिय बनाउँदै आगामी दिनमा आउनसक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण ...
। सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्ने बराह ग्रुपका अध्यक्ष पक्राउ परेका छन् । करिब ११ अर्ब रकम अपचलन आरोपमा अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका हुन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी शेखर खनालले लामिछानेलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार लामिछानेलाई कोशी प्रदेशबाट पक्राउ गरिएको हो । ...
: जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी निवासमा सुतिरहेकै अवस्थामा मृत भेटिएका छन्। सुतेकै अवस्थामा अचेत फेला परेका केसीलाई जिल्ला अस्पताल गुल्मीले मृत घोषणा गरेको हो। ५२ वर्षीय केसीको शव प्रहरीले घरपरिवारको जिम्मा लगाएको छ। दाङ स्थायी घर भएका केसी जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए। मंगलबार बिहान ...
। जलवायु परिवर्तनको असरलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्नेमा नेपाली प्रतिनिधिले जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवाकी युवा नेतृ तथा जलवायु क्षेत्रको जानकार स्वाती थापाले नेपालमा जलवायु परिवर्तनले पुराएको असरबारे विश्व समुदायलाई ध्यानाकर्षण गराउँदै संसारको सामु ठूलो चुनौती सृजना भएको पनि बताइन् । ‘जलवायुु परिवर्तनको असर कुुनै एक देश, ...