मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ
गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

। गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुर बस्दै आएका छत्र बोगटी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

मंगलबार भक्तपुरबाट पक्राउ परेका उनीविरुद्ध वैयक्तिगत गोपनियताअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

बोगटीले ४९ वर्षीया महिलाको भिडियो सार्वजनिक गरेका थिए । उक्त महिलाले गृहमन्त्री गुरुङ आफ्नो छोरा रहेको बताएकी थिइन् । त्यो भिडियो सामाजिक सञ्जालमा भाइरले भएको थियो ।


पछि ती महिलाले आफ्नो अनुमति नदिई भिडियो खिचेर वैयक्तिक गोपनियता विरुद्धको काम गरेको भन्दै उजुरी दिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ । बुधबार काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत जे क्युङ पार्कले नेपालको विकास प्राथमिकतामा भरपर्दो साझेदारका रूपमा सहयोग गर्न कोरिया इच्छुक रहेको बताएका हुन् । उनले पूर्वाधार विकास आर्थिक वृद्धि, ...
। सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक टुड्कियास्थित मोहन यादवको कुखुरा फार्म छेउको आँप बगैँचामा रहेको पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक गोलबजार नगरपालिका–३ भाङबारीका ४५ वर्षीय महेन्द्र चमार रहेको खुलेको छ। परिवारका अनुसार महेन्द्र भाइटीकाको भोलिपल्टदेखि सम्पर्कविहीन थिए। परिवारजनले खोजी गरे ...
। सरकारले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका लागि स्थानीय तह र जिल्लाको प्रगतिलाई छुट्टाछुट्टै अनुगमन र मूल्यांकन गर्ने भएको छ । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका समस्या समाधानका लागि अब जिल्ला र पालिकाको छुट्टाछुट्टै अनुगमन र मूल्यांकन सुरु गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी गराइन् । ‘समस्या समाधानका ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन् । काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा उनले फास्ट ट्र्याक निर्माणका क्रममा केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको बताएका हुन् । मन्त्री लम्सालले अब कुनैपनि ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थलस्थित सशस्त्र प्रहरी बलले चिनियाँ नागरिकलाई सुनसहित पक्राउ गरेको हो । आज बिहान ११ः४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच९३५३ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लि पक्राउ परेका हुन् । विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थु्र गेटमा ...