मुख्य समाचार
नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी
नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरेका छन् ।

बुधबार पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बोली होस्मै बोलेको हो कि बेहोसमा हो भनेर प्रश्न समेत गरे ।

ओलीले भनेका छन्, ‘आईजीपी हुनेबित्तिकै होस्‌मा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ? यिनका । थुनिदिन्छु अरे ।’

उनले आफूहरू राणा, राजा र पञ्चायतविरुद्ध समेत लडेर आएको प्रसंग झिक्दै प्रहरी प्रशासनले मजाक गरेको जिकिर गरे ।


‘हामी राणा शासनका विरुद्ध लडेर आएका हौं, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौं, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौं । अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ, फलानालाई थुनिदिन्छु । ठट्टा मजाक गरेको हो ?,’ उनले भनेका छन्, ‘तिनि जन्मनुअघि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिंडिरहेका छौं । मजाक गर्ने हामीमाथि ?’

उनले प्रमाण भए आफूहरूलाई समातेर थुनिदिन समेत चुनौती दिएका छन् ।

उनले थप भनेका छन्, ‘थुने हुन्छ नि समातेर । जो आउँछ थुनिदिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौं ? ठट्टाजस्तो भएको छ यहाँ, थुनिदिन्छु । प्रमाण भेटे अरे, प्रमाण भेटे र उनी पनि थुनिन्छन् होला नि, अरु पनि थुनिन्छन् होला नि ।’

उता, गृहमन्त्री सुधन गुरुङले समेत फाइल खुल्दै गरेको र सबै थुनिन्छ भनेको भन्दै कसलाई भनेको हो ? भन्दै अर्को प्रश्न राखे ।

‘गृहमन्त्रीले फाइल खोल्दै छु, पख्नुस्, सबै थुनिन्छ । एकसे एक थुनिन्छ । कसलाई भनेको हो ?,’ ओलीले प्रश्नमाथि प्रश्न गर्दै भनेका छन्, ‘सबै थुनिन्छन् भने उनी र को को बाँच्छन् त नेपालमा ? यस्तो गैरजिम्मेवार ढंगका अभिव्यक्ति दिएर आतंकको राज, अन्त लगाऊ त्यस्ता आतंक ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले यसअघि पनि आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा भएको भन्दै कसैको कृपाले नगएको जिकिर गरे । ‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी ...
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आसन्न भारत भ्रमणबारे समेत कुराकानी भएको थियो । प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएको र राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएको ...
। नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ । यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गसँग छलफल गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिएको उनको सचिवालयले ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । ‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्, कुनैपनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ ओलीले भने, ‘यो सरकार ...
। पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा फेसबुकमार्फत् गरेकी हुन् । उनले अहिले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनिन् । तर आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ ...