मुख्य समाचार
ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी
ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले यसअघि पनि आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा भएको भन्दै कसैको कृपाले नगएको जिकिर गरे ।
‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौं । जनताको कृपाले गएका हौं,’ ओलीले भनेका छन्, ‘अरु कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन ।’

उनले आफ्नो पार्टी पुन: सरकारमा जाने भन्दै कान खोलेर सुन्नका लागि पनि विपक्षीहरूलाई चुनौती दिए ।
‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले । विकासका काम जुन अगाडि सारेको छ, नेकपा एमालेले ती विकासका कामलाई फेरि अगाडि बढाउँछ,’ उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना देख्न छोड्दैन । झन् प्रष्ट ढंगले देख्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आसन्न भारत भ्रमणबारे समेत कुराकानी भएको थियो । प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएको र राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएको ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरेका छन् । बुधबार पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बोली होस्मै बोलेको हो कि बेहोसमा हो भनेर प्रश्न समेत गरे । ओलीले भनेका छन्, ‘आईजीपी हुनेबित्तिकै होस्‌मा हो कि बेहोसमा ...
। नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ । यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गसँग छलफल गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिएको उनको सचिवालयले ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । ‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्, कुनैपनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ ओलीले भने, ‘यो सरकार ...
। पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा फेसबुकमार्फत् गरेकी हुन् । उनले अहिले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनिन् । तर आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ ...