मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ पहिलोपटक एकसाथ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ पहिलोपटक एकसाथ

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ पहिलोपटक एकसाथ सार्वजनिक मञ्चमा देखिएका छन् ।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको सेन्जेनमा बुधबार राति आयोजित स्वागत रात्रिभोज (गाला डिनर) अघि तीनै नेता रेड कार्पेटमा सँगै उभिएका हुन्। रुसको क्रेमलिन प्रेस टोलीले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा विश्वका तीन शक्तिशाली राष्ट्रप्रमुखहरू एकैसाथ उभिएको दुर्लभ दृश्य देखिएका हुन् ।

सामूहिक तस्बिर खिचाउनुअघि राष्ट्रपति ट्रम्प, राष्ट्रपति सी र सीकी धर्मपत्नी पेङ लियुआन सँगै उभिरहेका बेला रुसी राष्ट्रपति पुटिन त्यहाँ पुगेका थिए। सो क्रममा पुटिनले ट्रम्पतर्फ अघि बढ्दै हात मिलाए र दुवै नेताले एक–अर्काको काँध थपथपाएर न्यानो अभिवादन साटासाट गरे।

सन् २०२५ को अगस्टमा अलास्कामा भएको अमेरिका–रुस शिखर सम्मेलनयता ट्रम्प र पुटिनबीच भएको यो पहिलो प्रत्यक्ष भेट हो । साथै, अमेरिका, चीन र रुसका शीर्ष नेताहरू एउटै मञ्चमा सँगै उभिएको पनि यो पहिलोपटक हो ।

तीन देशका राष्ट्रप्रमुखबीच भोलि (बिहीबार) दिउँसो औपचारिक त्रिपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ। उक्त बैठकमा युक्रेन र इरानको युद्ध, आणविक हतियार नियन्त्रण, कृत्रिम बुद्धिमत्ता (एआई) तथा विश्व व्यापारलगायतका संवेदनशील विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन् । उनले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गरे। राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार मनिलास्थित राष्ट्रपति भवनमा ट्रम्पलाई सैनिक टुकडी र ब्यान्डसहित स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा करिब एक हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गर्दै ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्। बुधबार चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले बिहीबार हुने तीन देशका नेताबीचको पहिलो त्रिपक्षीय बैठक अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे। पुटिनले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता पकडमा मंगलबार गम्भीर धक्का लागेको छ। इजरायली संसद ‘नेसेट’ ले विपक्षी गठबन्धनका उम्मेदवारलाई नयाँ सभामुखमा निर्वाचित गरेसँगै विधायिकी कार्यसूचीमा विपक्षीहरूको नियन्त्रण स्थापित भएको छ। नेसेट प्रवक्ताका अनुसार विपक्षी नेता गादी आइजेनकोटको ‘यशार’ पार्टीका सांसद मतान कहाना ६६ सांसदहरूको समर्थन प्राप्त गर्दै नेसेटको २६औँ सभामुखमा निर्वाचित भएका हुन्। उनले नेतान्याहुको लिकुड ...
। एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । एक संदिग्ध चिनियाँ जासूससँगको सम्बन्ध सहितको कथित रिपोर्टहरू बाहिर आएपछि हुआङले राजीनामा दिएका थिए। मंगलबार कम्पनीका अध्यक्ष हार्वे जोन्सले भनेका छन्, ‘बोर्डले उनलाई पुन: नियुक्त गर्ने कुनै इरादा राखेको छैन ।’ मंगलबार नै हुआङले एनभिडियाको नेतृत्व गर्न आफूलाई फिर्ता बोलाएमा त्यो सम्मान ...
: चीनको सेन्जेन सहरमा जारी एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। बुधबार भएको उक्त भेटवार्तामा राष्ट्रपति सीले पुटिनलाई 'पुरानो मित्र'को संज्ञा दिँदै आफूहरूबीचको यो ५० औँ प्रत्यक्ष भेटघाट रहेको बताए। विश्वमा बढ्दो अनिश्चितताका बीच चीन र रूसको सम्बन्धले स्थिरता ल्याउने काम गरिरहेको सीको ...