मुख्य समाचार
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

। न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ ।

कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका छन् । उनका अनुसार निर्णय मानिसले गरे पनि, एल्गोरिदम वा एआई प्रणालीमार्फत भए पनि त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सम्बन्धित व्यवसायले नै लिनुपर्नेछ ।

क्यालिननले एआई प्रयोगका कारण व्यवसायको जवाफदेहिता र जिम्मेवारी कम नहुने उल्लेख गर्दै उपभोक्तालाई उपलब्ध गराइने सूचना सही र विश्वसनीय हुनुपर्ने, व्यावसायिक निर्णय कानुनअनुरूप हुनुपर्ने तथा उपभोक्ताप्रति निष्पक्ष व्यवहार सुनिश्चित गर्नुपर्ने बताए।

पछिल्लो समय व्यवसायहरूले व्यावसायिक निर्णय प्रक्रिया, उपभोक्तासँगको अन्तरक्रिया, कारोबार सञ्चालन तथा बजार प्रतिस्पर्धामा एआईको प्रयोग बढाउँदै लगेका छन् ।


नयाँ निर्देशिकाले सन् १९८६ को फेयर ट्रेडिङ एक्ट र कमर्स एक्ट एआई प्रयोग गर्ने व्यवसायमा कसरी लागू हुन्छन् भन्नेबारे स्पष्ट पारेको छ । यसमा सम्भावित कानुनी जोखिम तथा तिनको व्यवस्थापनका व्यावहारिक उपायसमेत समावेश गरिएको छ ।

आयोगले एआई प्रविधिलाई मात्र नियमन गर्नु आफ्नो उद्देश्य नभएको स्पष्ट पार्दै यसले उपभोक्ता, प्रतिस्पर्धा र बजारमा पार्ने प्रभावलाई प्राथमिकतामा राखेको जनाएको छ ।

साथै, व्यवसायका सञ्चालक समिति तथा वरिष्ठ व्यवस्थापन अधिकारीहरूलाई एआईको प्रयोगलाई संस्थागत सुशासनको महत्त्वपूर्ण विषयका रूपमा लिन र यसको प्रयोग तथा प्रभावबारे निरन्तर अनुगमन गर्न आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ पहिलोपटक एकसाथ सार्वजनिक मञ्चमा देखिएका छन् । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको सेन्जेनमा बुधबार राति आयोजित स्वागत रात्रिभोज (गाला डिनर) अघि तीनै नेता रेड कार्पेटमा सँगै उभिएका हुन्। रुसको क्रेमलिन प्रेस टोलीले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा विश्वका तीन शक्तिशाली ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन् । उनले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गरे। राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार मनिलास्थित राष्ट्रपति भवनमा ट्रम्पलाई सैनिक टुकडी र ब्यान्डसहित स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा करिब एक हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गर्दै ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्। बुधबार चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले बिहीबार हुने तीन देशका नेताबीचको पहिलो त्रिपक्षीय बैठक अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे। पुटिनले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता पकडमा मंगलबार गम्भीर धक्का लागेको छ। इजरायली संसद ‘नेसेट’ ले विपक्षी गठबन्धनका उम्मेदवारलाई नयाँ सभामुखमा निर्वाचित गरेसँगै विधायिकी कार्यसूचीमा विपक्षीहरूको नियन्त्रण स्थापित भएको छ। नेसेट प्रवक्ताका अनुसार विपक्षी नेता गादी आइजेनकोटको ‘यशार’ पार्टीका सांसद मतान कहाना ६६ सांसदहरूको समर्थन प्राप्त गर्दै नेसेटको २६औँ सभामुखमा निर्वाचित भएका हुन्। उनले नेतान्याहुको लिकुड ...
। एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । एक संदिग्ध चिनियाँ जासूससँगको सम्बन्ध सहितको कथित रिपोर्टहरू बाहिर आएपछि हुआङले राजीनामा दिएका थिए। मंगलबार कम्पनीका अध्यक्ष हार्वे जोन्सले भनेका छन्, ‘बोर्डले उनलाई पुन: नियुक्त गर्ने कुनै इरादा राखेको छैन ।’ मंगलबार नै हुआङले एनभिडियाको नेतृत्व गर्न आफूलाई फिर्ता बोलाएमा त्यो सम्मान ...