: नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिक दलहरुसँग समन्वय नगरी संविधान संशोधन गर्दा अविश्वास पैदा हुने बताएका हुन्। एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रलाई सम्बोधन गर्दै उनले दूरगामी महत्वका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलसँग पर्याप्त छलफल र राष्ट्रिय सहमति हुने बताएकी हुन्।
उनले सरकार निरंकुश बन्ने नहुने धारणा राखिन्।‘लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षको सम्मान हुनुपर्छ। संवैधानिक निकायका स्वतन्त्रता र मर्यादाको सम्मान हुनुपर्छ । राज्यका निकाय र अंग संविधानभन्दामाथि हुन सक्दैनन्।’
उनले सरकारका निर्णय र गतिविधि संविधान र कानुन र लोकतन्त्रिक उत्तरदायित्व भित्रको सीमाबाटै हुनुपर्ने बताइन्। ‘जुनसुकैरुपमा प्रकट हुने निरंकुशता, स्वेच्छाचारीता र अराजकता नेकपा एमालेलाई स्वीकार्य हुँदैन।’