मुख्य समाचार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्री र एक पूर्वसचिवसहित ६ जनालाई पक्राउ गरेको छ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्री र एक पूर्वसचिवसहित ६ जनालाई पक्राउ गरेको छ

: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्री र एक पूर्वसचिवसहित ६ जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोडभन्दा बढी रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

सीआईबीका अनुसार काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा अछाम घर भएका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, सर्लाही घर भएका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी., मन्त्रालयको तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानुन अधिकृत (उप–सचिव) निर्मला गुरुङ रहेकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी (MoU) विपरीत गैरकानुनी रूपमा श्रमिकसँग ठगी गरी संकलन गरिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० पाउण्ड स्टर्लिङगरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ६६ पैसा मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको छ। आफ्नो पदीय जिम्मेवारी र कर्तव्य विपरीत संगठित समूहको लाभका लागि मौन रही कानुनी उपचार नगरी र नगराई अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गरेको आरोप छ।

पक्राउ परेकाहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अनुपम शमशेर जबराले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौँका होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताएका छन्। बुधबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल नेतृत्वको टोलीले पेस गरेको मागपत्र बुझ्दै प्रजिअ पौडेलले काठमाडौँ चौबिसै घण्टा खुला गर्ने तयारी भइरहेको बताएका हुन्। ‘आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि जिल्लाका सबै पर्यटन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने ...
। राप्रपाले आसन्न आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव गरेको छ । हाल कायम रहेको विधानलाई संशोधन गरी ४० वर्षमुनिका १० पुरुष र १० महिलालाई महाधिवेशनबाट निर्वाचित गर्ने गरी विधानमा संशोधन गर्ने नयॅा प्रस्ताव गरेको हो । राप्रपाको अघिल्लो सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले नवीन राप्रपा कार्ययोजना ल्याई सार्वजनिक सुचना ...
: गौशाला नगरपालिका–७, मनहर्वाका संजय सदालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ३२ बर्षिया श्रीमती सुनिता सदाको हत्या गरेको आरोपमा प्रहरीले संजयलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रामगोपालपुर नगरपालिका–९, गोठ बनौलीस्थित नियासा सदाको घरमा छठ मान्न गएको समयमा संजयले सुनिताको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि भएको हो। कात्तिक २८ ...
। मकवानपुरको भैंसेबाट ११७ किलोग्राम गाँजा बरामद भएको छ । पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान १:४० बजेको समयमा भिमफेदी गाउँपालिका-२ भैसे स्थित भैसे चेकपोस्टमा खटिएको टोलीले उक्त कारमा जाँच गरेको थियो । कार रोकेर कारको जाँच गर्न थाले ...
: भारतले नेपालबाट ६१५.०२ मेगावाट विद्युत् निर्यातका लागि औपचारिक स्वीकृति प्रदान गरेको छ। भारतीय पक्षले बुधबार उक्त परिमाणको विद्युत् खरिद तथा निर्यातका लागि अनुमति दिएको हो। यो स्वीकृतिसँगै नेपालको ऊर्जा क्षेत्रमा अर्को एक महत्त्वपूर्ण सफलता थपिएको छ भने मुलुकको वैदेशिक मुद्रा आर्जनमा समेत ठूलो टेवा पुग्ने देखिएको छ। स्वीकृत प्राप्त भएको ६१५.०२ मेगावाट विद्युत् नेपाल र ...