मुख्य समाचार
आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव
आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव

। राप्रपाले आसन्न आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव गरेको छ ।

हाल कायम रहेको विधानलाई संशोधन गरी ४० वर्षमुनिका १० पुरुष र १० महिलालाई महाधिवेशनबाट निर्वाचित गर्ने गरी विधानमा संशोधन गर्ने नयॅा प्रस्ताव गरेको हो ।

राप्रपाको अघिल्लो सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले नवीन राप्रपा कार्ययोजना ल्याई सार्वजनिक सुचना जारी गरेर खुला प्रतिस्पर्धाका आधारमा ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा प्रवेश गराएका थिए ।

आसन्न आठौं महाधिवेशनमा वैधानिक रुपमा युवालाई नेतृत्व तहमा प्रवेश गराएर राप्रपामा युवा आकर्षण बढाउने नीति राप्रपाले लिएको छ । ‘यस विषयमा छलफल भएको छ, हामीले संशोधित विधानमा त्यसैगरी प्रस्ताव अघि बढाउॅदैछौं’, प्रवक्ता मोहन श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौँका होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताएका छन्। बुधबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल नेतृत्वको टोलीले पेस गरेको मागपत्र बुझ्दै प्रजिअ पौडेलले काठमाडौँ चौबिसै घण्टा खुला गर्ने तयारी भइरहेको बताएका हुन्। ‘आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि जिल्लाका सबै पर्यटन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने ...
: गौशाला नगरपालिका–७, मनहर्वाका संजय सदालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ३२ बर्षिया श्रीमती सुनिता सदाको हत्या गरेको आरोपमा प्रहरीले संजयलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रामगोपालपुर नगरपालिका–९, गोठ बनौलीस्थित नियासा सदाको घरमा छठ मान्न गएको समयमा संजयले सुनिताको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि भएको हो। कात्तिक २८ ...
: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्री र एक पूर्वसचिवसहित ६ जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोडभन्दा बढी रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। सीआईबीका अनुसार काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। ...
। मकवानपुरको भैंसेबाट ११७ किलोग्राम गाँजा बरामद भएको छ । पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान १:४० बजेको समयमा भिमफेदी गाउँपालिका-२ भैसे स्थित भैसे चेकपोस्टमा खटिएको टोलीले उक्त कारमा जाँच गरेको थियो । कार रोकेर कारको जाँच गर्न थाले ...
: भारतले नेपालबाट ६१५.०२ मेगावाट विद्युत् निर्यातका लागि औपचारिक स्वीकृति प्रदान गरेको छ। भारतीय पक्षले बुधबार उक्त परिमाणको विद्युत् खरिद तथा निर्यातका लागि अनुमति दिएको हो। यो स्वीकृतिसँगै नेपालको ऊर्जा क्षेत्रमा अर्को एक महत्त्वपूर्ण सफलता थपिएको छ भने मुलुकको वैदेशिक मुद्रा आर्जनमा समेत ठूलो टेवा पुग्ने देखिएको छ। स्वीकृत प्राप्त भएको ६१५.०२ मेगावाट विद्युत् नेपाल र ...