मुख्य समाचार
काठमाडौँका होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने
काठमाडौँका होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने

: काठमाडौँका होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताएका छन्।

बुधबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल नेतृत्वको टोलीले पेस गरेको मागपत्र बुझ्दै प्रजिअ पौडेलले काठमाडौँ चौबिसै घण्टा खुला गर्ने तयारी भइरहेको बताएका हुन्। ‘आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि जिल्लाका सबै पर्यटन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने वातावरण बनाउँदै छौँ,’ प्रजिअ पौडेलले भने। गृहमन्त्री सुधन गुरुङसमेत काठमाडौँलाई चौबिसै घण्टा खुला गर्ने विषयमा सकारात्मक रहेकाले आवश्यक तयारी पूरा गर्न प्रशासन केन्द्रित रहेको उनको भनाइ छ।

जिल्ला होटल व्यवसायी संघ काठमाडौँका पदाधिकारी होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए। संघले यसअघि गरेको पहलपछि राति १० बजेसम्म सञ्चालन हुँदै आएका होटललाई ११ बजेसम्म खोल्न पाउने व्यवस्था गरिएको थियो।

संघका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र लामो दूरीका यातायातका साधन चौबिसै घण्टा सञ्चालनमा रहे पनि राति ११ बजेपछि होटल बन्द हुँदा काठमाडौँ आइपुग्ने पर्यटकले आवास तथा खानपानको सेवा पाउन कठिन भइरहेको छ। विशेषगरी भारतका विभिन्न सहरबाट आफ्नै सवारीसाधनमा लामो दूरी पार गरेर आउने पर्यटक रातिको समयमा काठमाडौँ आइपुग्ने गरेका छन्। तर, होटल तथा बजार बन्द हुँदा उनीहरूले आवश्यक सेवा पाउन नसकेको संघको भनाइ छ।

विदेशी पर्यटक काठमाडौँको मौलिक कला, संस्कृति, परम्परा र स्थानीय जीवनशैलीको अनुभव लिन चाहने भए पनि रातिको समयमा बजार तथा पर्यटनसम्बद्ध गतिविधि बन्द हुँदा उनीहरूको बसाइ र पर्यटन अनुभव प्रभावित हुने संघले जनाएको छ। काठमाडौँलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न होटल, रेस्टुरेन्ट तथा पर्यटनसम्बद्ध व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने वातावरण बनाउनुपर्ने संघका अध्यक्ष सुरेश बरालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपाले आसन्न आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव गरेको छ । हाल कायम रहेको विधानलाई संशोधन गरी ४० वर्षमुनिका १० पुरुष र १० महिलालाई महाधिवेशनबाट निर्वाचित गर्ने गरी विधानमा संशोधन गर्ने नयॅा प्रस्ताव गरेको हो । राप्रपाको अघिल्लो सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले नवीन राप्रपा कार्ययोजना ल्याई सार्वजनिक सुचना ...
: गौशाला नगरपालिका–७, मनहर्वाका संजय सदालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ३२ बर्षिया श्रीमती सुनिता सदाको हत्या गरेको आरोपमा प्रहरीले संजयलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रामगोपालपुर नगरपालिका–९, गोठ बनौलीस्थित नियासा सदाको घरमा छठ मान्न गएको समयमा संजयले सुनिताको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि भएको हो। कात्तिक २८ ...
: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्री र एक पूर्वसचिवसहित ६ जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोडभन्दा बढी रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। सीआईबीका अनुसार काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। ...
। मकवानपुरको भैंसेबाट ११७ किलोग्राम गाँजा बरामद भएको छ । पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान १:४० बजेको समयमा भिमफेदी गाउँपालिका-२ भैसे स्थित भैसे चेकपोस्टमा खटिएको टोलीले उक्त कारमा जाँच गरेको थियो । कार रोकेर कारको जाँच गर्न थाले ...
: भारतले नेपालबाट ६१५.०२ मेगावाट विद्युत् निर्यातका लागि औपचारिक स्वीकृति प्रदान गरेको छ। भारतीय पक्षले बुधबार उक्त परिमाणको विद्युत् खरिद तथा निर्यातका लागि अनुमति दिएको हो। यो स्वीकृतिसँगै नेपालको ऊर्जा क्षेत्रमा अर्को एक महत्त्वपूर्ण सफलता थपिएको छ भने मुलुकको वैदेशिक मुद्रा आर्जनमा समेत ठूलो टेवा पुग्ने देखिएको छ। स्वीकृत प्राप्त भएको ६१५.०२ मेगावाट विद्युत् नेपाल र ...