मुख्य समाचार
अहिलेको आवश्यकता दलहरुबीच सम्वाद, सहकार्य र राष्ट्रिय सहमतिको भएको
अहिलेको आवश्यकता दलहरुबीच सम्वाद, सहकार्य र राष्ट्रिय सहमतिको भएको

। नेकपा एमालेकी बरिष्ठ नेता विद्यादेवी भण्डारीले अहिलेको आवश्यकता दलहरुबीच सम्वाद, सहकार्य र राष्ट्रिय सहमतिको भएको बताएकी छन् ।

राष्ट्रिय कार्यकर्ता भेलालाई विहीबार काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले संविधान संशोधन लगायत राष्ट्रिय राजनीतिक कोर्समा दलहरुबीच सहकार्यको आवश्यकता रहेको बताएकी हुन् । ‘अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, सम्वाद, सहकार्य र राष्ट्रिय सहमति हो,’ उनले भनेकी छन् ।

संविधान संशोधन गर्दा दलहरुबीच ब्यापक छलफलको आवश्यकता रहेको भण्डारीले बताएकी छन् । ‘यस्तो दूरगामी महत्वको विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच पर्याप्त छलफल, परामर्श र राष्ट्रिय सहमति आवश्यक छ,’ भण्डारीले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभी भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार चालकको श्रीमती घाइते भएकी छन् । पूर्व–पश्चिम राजमार्गमा आज बिहीबार वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा. ०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा. ०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर ...
। काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छिन् । बिहीबार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाडोयाम बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदुषण समेत बढ्दै जाने उल्लेख गर्दै यसको नियन्त्रणको कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताइन् । ‘हरेक दिन सातै दिन सातवटा फरक फरक ...
: काठमाडौँका होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताएका छन्। बुधबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल नेतृत्वको टोलीले पेस गरेको मागपत्र बुझ्दै प्रजिअ पौडेलले काठमाडौँ चौबिसै घण्टा खुला गर्ने तयारी भइरहेको बताएका हुन्। ‘आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि जिल्लाका सबै पर्यटन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने ...
। राप्रपाले आसन्न आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव गरेको छ । हाल कायम रहेको विधानलाई संशोधन गरी ४० वर्षमुनिका १० पुरुष र १० महिलालाई महाधिवेशनबाट निर्वाचित गर्ने गरी विधानमा संशोधन गर्ने नयॅा प्रस्ताव गरेको हो । राप्रपाको अघिल्लो सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले नवीन राप्रपा कार्ययोजना ल्याई सार्वजनिक सुचना ...
: गौशाला नगरपालिका–७, मनहर्वाका संजय सदालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ३२ बर्षिया श्रीमती सुनिता सदाको हत्या गरेको आरोपमा प्रहरीले संजयलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रामगोपालपुर नगरपालिका–९, गोठ बनौलीस्थित नियासा सदाको घरमा छठ मान्न गएको समयमा संजयले सुनिताको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि भएको हो। कात्तिक २८ ...