मुख्य समाचार
आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने
आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने

। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने बताएका छन् ।

पार्टीले काठमाडौंमा आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नभएको बताए ।

‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्षका रूपमा रहेको थियो । आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति संघर्ष हुने निश्चित छ,’ उनले भने ।

गत निर्वाचनको परिणाम र त्यसको पुनरावृत्ति हुने वा त्यसमा क्रमभंग हुने भन्ने विषय अहिलेको मुख्य राजनीतिक प्रश्न भएको थापाले बताए ।


आगामी निर्वाचन सामान्य नहुने भन्दै थापाले निर्वाचनमा विजय हासिल गर्न पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा जोड दिए । चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै उनले ‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ’ भन्ने उक्तिलाई आत्मसात् गर्नुपर्ने धारणा राखे ।

गत निर्वाचनमा एमालेले आफ्ना कमजोरी पहिचान गर्न नसकेको, प्रमुख प्रतिद्वन्द्वी चिन्न नसकेको र प्रतिद्वन्द्वीविरुद्ध आपसी सहकार्य गर्न नसकेको थापाले बताए । ‘हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ । हामीले हाम्रा कमजोरी बुझ्न सकेनौँ । मुख्य प्रतिद्वन्द्वीविरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ । आन्तरिक एकता कायम गर्न र जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ,’ उनले भने ।

उनले पछिल्लो समय भूराजनीतिक शक्तिहरूबीचको संघर्ष तीव्र बन्दै गएको, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढेको र सरकारप्रति जनताको आक्रोश चुलिँदै गएको दाबी गरे । ‘पछिल्ला घटनाक्रमले संसदीय, सडक तथा कानुनी संघर्षमा विजयको संकेत दिइरहेका छन्,’ उनले भने ।

आगामी निर्वाचनमा सफलता हासिल गर्न जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने, प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्नुपर्ने र नेतृत्वको वरिपरि एकताबद्ध हुनुपर्ने उनले बताए ।

आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तह, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनको पार्टीले गरेको समीक्षालाई आधार बनाएर सही चुनावी रणनीति तय गर्नुपर्ने उनले बताए ।

भेलालाई पार्टीको नयाँ एकता र नयाँ संकल्पको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै थापाले केन्द्रीय कमिटीले तय गरेका ‘दुई कार्यभार र १५ काम’ पूरा गर्न राष्ट्रिय भेला आयोजना गरिएको बताए ।

थापाले केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पार्टी पुनर्निर्माण गर्ने, राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक आन्दोलनको तयारी गर्ने तथा आगामी निर्वाचनको पूर्वतयारी गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै, संविधान रक्षाका लागि कानुनी संघर्ष गर्ने र जनतासँग प्रत्यक्ष संवादमार्फत सम्बन्ध विस्तार तथा सुदृढीकरण गर्ने निर्णय भएको उनले बताए ।

केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेर निष्कर्ष निकालेको उल्लेख गर्दै थापाले त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेको राष्ट्रिय भेलालले १७ बुँदे विशेष संकल्प पारित गरेको छ । बुधबार र बिहीबार गरी दुई दिन चलेको राष्ट्रिय भेलाले विभिन्न १७ बुँदामा विशेष संकल्प पारित गरेको प्रचार–प्रसार तथा प्रकाश विभाग प्रमुख निरज आचार्यले जनाएका छन् । भेलाको समापनपछि आचार्यले जारी गरेको विज्ञप्तिमा पारित भएका संकल्पको सूची सार्वजनिक गरिएको छ । जसमा असंवैधानिक ढंगले लोकतन्त्र अपहरित ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अगाडि नै त्यसखालको आक्रोशको आफूहरूले विश्लेषण गरेको बताएका छन् । युवाहरूमा रहेको आक्रोशको पूर्वानुमान गरेको र त्यसअनुसार त्यसबेलै अभिव्यक्तिहरू संसद्मै समेत दिएको उनी बताउँछन् । तर युवाहरूको आक्रोशलाई एकीकृत गरेर अगाडि बढाउने गरी पार्टीले नेतृत्व लिन नसकेको उनको स्वीकारोक्ति ...
। जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानी र हिमताल विस्फोटजन्य बाढीको जोखिम व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक योजना तयार गर्न नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग पाउने भएको छ । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा सान्टियागो नेटवर्क अन लस एन्ड ड्यामेज (एसएनएलडी) सँग नेपालको साझेदारी औपचारिक रूपमा घोषणा गरिएको हो । नेटवर्कको ...
। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन । कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ । तर, सरकार गठनका लागि गठबन्धन बनाउने ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए । आफू बसेको स्थानसम्मै एक अपरिचित व्यक्ति आएर ...